After header

काभ्रे जिल्लामा फैलिएको महामारी जन्य रोगहरु नियन्त्रणबारे स्वास्थ्यको व्रिफिङ्ग

काभ्रे । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले महामारी जन्य रोगहरु नियन्त्रणका लागि भईरहेको प्रयास सम्बन्धित एक कार्यक्रमको बिच सार्वजनिक गरेको छ । जिल्लामा अहिले डेगुको अवस्था र कालाजार लगायतका रोगका बारेमा स्वास्थ्य कार्यालयबाट भईरहेको थप नियन्त्रणका बारेमा भईरहेको प्रयासको जानकारी गराएको छ । मिडिया व्रिफिङ्ग कार्यक्रममा कार्यालयले जिल्लाभर फैलिएको रोगका बारेमा जानकारी गराएको थियो ।

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ महांकालका केही महिनादेखि बालबालिकामा देखिएको कालाजारको सङ्क्रमण नियन्त्रणमा ल्याइएको छ । करिब चार महिनादेखि आठ बालबालिकामा देखिएको कालाजार विशेष निगरानी र ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी कार्यक्रम सञ्चालन गरी कालाजार सङ्क्रमण नियन्त्रणमा ल्याइएको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कालाजारबाट पछिल्लोपटक हालैमात्र एक पाँच बर्षमुनिका बालकमा सङ्क्रमण देखिएको थियो । कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खानीखोलामा फैलिएको कालाजार पूर्णरुपमा नियन्त्रणमा ल्याइएको बताईन् । विशेषगरी ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी छिट्काउ कार्यक्रम सञ्चालन गरी कालाजार सङ्क्रमण नियन्त्रणमा ल्याइएको उनको भनाई थियो । महांकाल बस्तीमा देखिएको कालाजार छिमेकी मिल्चेमासमेत ‘कन्ट्रयाक ट्रेसिङ’लाई प्रथमिकता दिइएको थियो ।

भुसुनाका माध्यमबाट सर्ने कालाजार नियन्त्रणका लागि समयसमयामा भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियाननै सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिईन् । केही महिनाअघि बनेपा नगरको एक बालकमा पनि कालाजार देखिएको थियो । कार्यालयले त्यसबेला उक्त क्षेत्रमा पनि भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियाननै सञ्चालन गरी नियन्णमा ल्याइएको श्रेष्ठले बताईन् ।

कालाजार एक प्रकारको भुसुनाको टोकाईबाट सर्ने भएकाले व्यक्तिगत र बातावरणीय सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताइयो । कालाजारको सङ्क्रणका कारण लगातार ज्वरो आउने, छालामा विभिन्न खालका सङ्क्रमण देखापर्ने, वजन घट्ने, खानामा रुची नहुने, पेट बढ्दै जाने र समयमा उपचार हुन नसके विरामीको मृत्युसमेत हुन्छ ।

यसैबीच काभ्रेपलाञ्चोकमा डेढ महिनाको अवधिमा ५१ जनामा डंगुबाट सङ्क्रमण भएका छन् । कार्यालयका अनुसार २३ पुरुष र २८ महिलामा डंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

गत आर्थिक बर्षमा जिल्लामा चार सय ८७ जनामा डेगु सङ्क्रमण भएको थियो ।डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जनाईको छ । डेङ्गीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।

लामखुट्टेको टोकाईबाट डेङ्गु रोग लाग्ने ब्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए विरामीको मृत्युसमेत हुने गर्दछ ।

लामखुट्टेले बसोबास गर्नसक्ने गाडीसवारी एवं यातायातका साधन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, पानी जम्ने ठाउँ, उद्योग, कलकारखाना, होटेल तथा ब्यबसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामाग्री, मठ–मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाई गर्ने तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ ।

एक पटक पढ्नुहोस