After header

नेपाली काग्रेँसको केन्द्रयी कार्यसमतिको बैठक ११ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने जनाईएको छ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए ।

२९ गते बुधबार भने कांग्रेसको बैठक बसेन । दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो । दोस्रो बैठकमा सात जना नेताले आ–आफ्नो धारणा राखेका छन् । दोस्रो बैठकमा बोल्ने अधिकांशले नियमित महाधिवेशनमा जोड दिएका थिए ।

 

एक पटक पढ्नुहोस