काभ्रे । काभ्रेको धुलिखेल अस्पतालले जेनोप्लान र मिगौला पत्थरी लगायतका समस्याको अत्याधुनिक प्रविधि (थुलियम प्रविधि ) बाट उपचार सुरु गरेको जनाएको छ । मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने लगायतका पिसाब नलीको समस्यामा अत्याधुनिक प्रविधि (थुलियम लेजर प्रविधी)मार्फत अप्टिकल फाइबरयुक्त दूरविन प्रयोग गरी सरल तरिकाले उपचार थालिएको अस्पतालले जनाएको छ ।
अस्पतालद्वारा आज पत्रकार सम्मेलनमा अप्टिकल फाइबरयुक्त दूरविन प्रयोग गरी मुत्रनलीमार्पmत पठाई मिर्गौलाका रहेको पत्थरी पत्ता लगाउने र लेजर प्रविधिबाट मिर्गौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकाल्न थुलियम लेजर प्रविधी प्रयोग गरिने युरोसर्जन डा.सुजन माकजूले जानकारी दिए ।
यस प्रविधिमा पिसाब खुल्ने प्वालबाट इण्डोस्कोप भित्र पठाई मिर्गौलासम्म पु¥याउन सकिने भएकोले पेटमा कुनै घाउ बनाई राख्नु नपर्ने डां. माकजूले जानकारी दिए । मिर्गाैलाको पत्थरीको अलावा पिसाब थैलीमा मासु पलाउने समस्या (ट्युमर), प्रोस्टेट ग्रन्थी सुन्निने समस्यामा प्रोस्टेट ग्रन्थी खुर्किने कामका लागि पनि यो प्रविधि प्रयोग गरिनेछ ।
यस्तै उक्त प्रविधिमार्फत फुटाइएको पत्थरी पनि बालुवासरह हुने भएकोले उपचारपछि पत्थरी अड्किने तथा पिसाबमा रगत देखिने, पिसाब रोकिने, पिसाबमा सङ्क्रमण हुने जोखिम पनि निकै कम हुने उनको भनाई थियो । यस अघिका अन्य लेजर प्रविधिभन्दा यो प्रविधिले सरल तरिकाले छाटो समयमा ती कामहरु गर्न सकिने भएकोले विरामीलाई अस्पतालको बसाई पनि छोटो हुने माकजूले जानकारी दिए ।
यस प्रविधिमार्फत उपचार गर्दा विमि गरेका व्यक्तिलाई उपकरण प्रयोगवापत रु ४५ हजार तथा बिमा बाहेकलाई रु एक लाख सात हजार खर्च लाग्ने उनको भनाई रहेको छ ।यसैगरि अस्पतालले जेनोप्लान प्रविधिमार्फत मानिसको मुखभित्रको स्वाब (¥यालको स्वाब) निकालेर परीक्षण गरी व्यक्ति विशेषमा वंशाणुगत एवं पारिवारिक रुपमा सर्ने रोग, क्यान्सर वा अन्य मेटाबोलिक रोगहरु (मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल आदि) लाग्नसक्ने जोखिमको आङ्कलन गर्न सकिने परीक्षण सुरु गरिएको जानकारी दिइयो ।
अस्पतालको गाईनेकोलोजिस्ट प्राडा आभा श्रेष्ठले अबको केही वर्ष वा दशकमा व्यक्तिमा कुन रोग लाग्न सक्छ भन्नेबारे जेनोप्लान प्रविधिबाट परीक्षण गरी पत्ता लगाउन सकिने बताईन् । यसरी पत्ता लगाएपछि अहिलेदेखिनै रोकथामका उपाय गर्न सकिन्छ, यसका लागि आफ्नो खानपान तथा जीवनशैलीमा परिवर्तन ल्याउनुपर्दछ उनले भनिन् ।
अस्पतालका प्रवक्ता वरिष्ठ स्त्रिरोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले अस्पतालले पछिल्लो समय नयाँ एवं आधुनिक प्रविधिसहितका उपकरणमार्फत सर्वसुलभ सेवा उपलब्ध गराउँदै आएको र सकभर बिरामीलाई स्वास्थ्य बिमाबाट नै उपचार होस् भन्ने उदेश्यका साथ अस्पताल लागेको उनले जानकारी दिए ।