युरिक एसिडको जोखिम

युरिक एसिड पनि चिसो मौसममा प्रकोपित रोग हो । जोर्नी दुख्ने र पैताला पोल्ने जस्ता लक्षणहरुबाट सुरु हुने भएता पनि यो एउटा उपापचयी (मेटाबोलिक) रोग हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।

जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

युरिक एसिड भएमा शरीरको साना–साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपार्इंको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स–साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।

कसरी नियन्त्रण गर्ने ?

–  पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि लिनुहोस् ।

– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।

के छ उपचार ?

युरिक एसिडको समस्या एउटा जटिल र दिर्घकालिन  रोग भएकाले अवस्था हेरी  औषधोपचार र योग एवं प्राकृतिक चिकित्साद्वारा उपचार गर्नुुपर्ने हुुन्छ । युरिक एसिडको रक्त स्तर अनियन्त्रित भए औषधि सेवन गरेर भएपनि नियन्त्रणमा राख्नु पर्ने हुन्छ ।

औषधोपचारमा एलोपेथी, आर्युवेद, होमियोपेथी, युुनानी र सिद्घ जस्ता चिकित्सा पद्घतिका उपचारहरुको आफ्नै महत्व छ भने औषधि विहिन योग, प्रकृतिक चिकित्सा, स्वास्थ वृतको अभ्यास र पथ–पहरेज जस्ता जीवनशैली परिवर्तनका उपचारले पनि युरिक एसिडको वृद्घि नियन्त्रणमा अत्यन्त ठूूलो टेवा पुु¥याउँछ ।

के नखाने ?

-दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ  । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिकएसिड बन्छ ।

-सागसब्जीमा कुरिलो, फूलगोभी, बन्दा, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।  यसका साथै यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि बढी पाइन्छ ।

-युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।

-कोकाकोला , पेप्सी, स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयले युरिक एसिडलाई बढाउँछ । मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूक्टोज पाइन्छ । यसले एटीपी लाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

–  तामा , गुन्द्रुक सिन्की  पनि यूरीक एसिडका लागि राम्रो होइन ।

-रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन युरिक एसिडमा वर्जित  छ । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनको साथैै शरिरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन गर्न अवरोध पु¥याउँछ ।

-जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको समस्या निम्त्याउन सक्छ । जंकफूड ज्यादा  खादा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या  आउँछ ।

एक पटक पढ्नुहोस