जाडोमा मुटुरोगले सताउन सक्छ, यस्तो छ डाक्टरको सुझाव

रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयाघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयाघात हुने सम्भावनालाई कम गर्न सकिन्छ ।

कोलेस्टेरोेल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो, जुन शरीरका लागि अत्यावश्यक हुन्छ तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुनसक्छ ।

यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ । मासु, दूधबाट बनेका पदार्थ तथा अण्डाको पहँेलो भाग यसका प्रमुख स्रोत हुन् ।

कोलेस्टेरोेल तथा अन्य चिल्लो पदार्थ मुटु र दिमागमा रक्तप्रवाह गर्ने रक्तनलीहरूमा जम्न गई रक्तनलीहरू साँघुुरिन सक्छन् ।

यस प्रक्रियालाई एथेरोस्क्लेरोसिस भनिन्छ । यो प्रक्रिया बढ्दै गएमा रक्तनलीहरूको रक्तप्रवाहमा गतिरोध उत्पन्न भई हृदयाघात, मस्तिष्कघात हुन जान्छ ।

कोलेस्टेरोेल तथा अन्य चिल्ला पदार्थ रगतबाट कोषहरूमा र कोषहरूबाट रगतमा विशेष प्रकारका भरिया (तìव)द्वारा बोकिने गर्छन् । यी भरियालाई लिपोप्रोटिन भनिन्छ ।

लिपोप्रोटिनहरू हाम्रो शरीरमा धेरै प्रकारका छन् तर हामीले सधैँ सुन्ने गरेका लिपोप्रोटिन मुख्यतया एलडिएल (LDL) र एचडीएल (HDL) हुन् । यी दुवै लिपोप्रोटिन कोलेस्टेरोल बोक्ने भरिया हुन् ।

असल र खराब कोलेस्टेरोेल

एलडीएलले रगतबाट कोलेस्टेरोेल र अन्य चिल्लो पदार्थ बोकेर रक्तनलीमा पु¥याई जम्मा गरिदिन्छ । यसका कारण रक्तनली साँघुुरिन पुग्छ अनि हृदयाघात र मस्तिष्कघातको सम्भावना बढ्छ । यसैले एलडीएल कोलेस्टेरोललाई खराब कोलेस्टेरोेल भनिन्छ ।

एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोेललाई रगतमा फिर्ता ल्याई कलेजोमा पु¥याउँछ ।

यसले रक्तनलीमा जमेको कोलेस्टेरोेललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ । यस कारण एचडीएलले बोकेको कोलेस्टेरोेललाई असल कोलेस्टेरोेल भनिएको हो ।

एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएमा हृदयाघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ । यसको मात्रा कम भएमा हृदयाघात र मस्तिष्कघातको सम्भावना बढ्छ ।
कोलेस्टेरोेल घटाउँदा हृदयाघातको खतरा घट्छ

विभिन्न अध्ययन÷अनुसन्धानबाट रक्त कोलेस्टेरोलको मात्रा घट्दा हृदयाघातको खतरा घट्ने प्रमाणित भइसकेको छ । रक्त कोलेस्टेरोललाई राम्रैसँग घटाउन सकेको खण्डमा एथेरोस्क्लेरोसिस पनि घट्छ र साँघुरिएको रक्तनली फेरि खुल्न सक्छ ।

साधारणतया रक्त कोलेस्टेरोल एक प्रतिशत घटाउन सकेमा हृदयाघातको खतरा दुई प्रतिशतले घट्छ । रक्त कोलेस्टेरोल २५० मिलिग्रामबाट २०० मिलिग्राममा घटाउँदा हृदयाघातको खतरा ४० प्रतिशतले घट्न पुग्छ ।

कोलेस्टेरोेल नाप्ने गरौैँ

प्रत्येक व्यक्तिले २० वर्षको उमेर नाघेपछि रक्त कोलेस्टेरोेलको परीक्षण गराउनु उपयुक्त हुन्छ । यो विशेष परीक्षण हो । यसको नतिजा चिकित्सकलाई देखाउनुपर्छ ।

एचडीएल कोलेस्टेरोलको पनि जाँच गर्नु अत्यावश्यक हुन्छ । किनकि यो कम भएमा खतरा बढ्छ । त्यस्तै एलडीएल कोलेस्टेरोल बढी भएमा पनि खतरा हुन्छ । रगतमा भएको चिल्लो पदार्थको मात्रा थाहा पाउन लिपिड प्रोफाइल जाँच्नुपर्छ ।

लिपिड प्रोफाइलको परीक्षण सही प्रकारले गनु‘ अलि कठिन कार्य हो । यसकारण जुनसुकै प्रयोगशालामा यसको परीक्षण नगर्नु नै उपयुक्त हुन्छ । चिकित्सकले जहाँ परीक्षण गराउनका लागि सिफारिस गरेका छन् त्यही प्रयोगशालामा परीक्षण गराउनु पर्दछ । गल्ली–गल्लीमा खुलेका सबै प्रयोगशाला भरपर्दा हुँदैनन् ।

कोलेस्टेरोल घटाउन आहारामा परिवर्तन गर्नु महìवपूर्ण कदम हो । कम कोलेस्टेरोलयुक्त खाद्यपदार्थको प्रयोग र चिल्लो पदार्थमध्ये अनस्याचुरेटेड फ्याट्स प्रयोग गर्नु आहार परिवर्तनको विशेषता हुन्छ ।

यस सम्बन्धमा अमेरिकन हार्ट एसोसिएसनले दैनिक आहारमा उपयोग हुने क्यालोरीको ३० प्रतिशतसम्म मात्र चिल्लो पदार्थ प्रयोग गर्ने, सम्पूर्ण क्यालोरीको १० प्रतिशतभन्दा कम मात्र स्याचुरेटेड फ्याटबाट लिने, सम्पूर्ण क्यालोरीको १० प्रतिशतसम्म मात्र पोलिस्याचुरेटेड फ्याटबाट लिने र दैनिक तीन मिलिग्रामभन्दा कम कोलेस्टेरोलयुक्त आहार लिने सिफारिस गरेको छ ।

चिल्लाे पदार्थ

स्याचुरेटेड फ्याट कोठाको तापक्रममा कडा हुन्छ । यो मासु, बटर, मख्खन, नरिवल, पाम तेलमा अत्यधिक पाइन्छ । यसको प्रयोगले रक्त कोलेस्टेरोल बढ्छ ।

पोली स्याचुरेटेड फ्याट कोठाको तापक्रममा तरल नै रहन्छ । यो सूर्यमुखी, मकै, भटमास, तोरी आदिको तेलमा अत्यधिक पाइन्छ । यसको प्रयोगले रक्त कोलेस्टेरोल त्यति धेरै मात्रामा बढ्दैन ।

मोनो अनस्याचुरेटेड फ्याट बदाम, ओलिभ र एभोकाडोका तेलमा अत्यधिक पाइन्छ । यसको प्रयोगले रक्त कोलेस्टेरोल त्यति धेरै मात्रामा बढ्दैन । स्याचुरेटेड फ्याटको सट्टा आहारामा पोली र मोनोअनस्याचुरेटेड फ्याट प्रयोग गर्नुपर्छ । करिब ३० मिलिलिटर (पाँच–छ चिया चम्चा)सम्म तेल र चिल्लो पदार्थ दैनिक आहारमा लिन सकिन्छ ।

रक्त कोलेस्टेरोल बढ्दा कस्तो खाना खाने ?

रक्त कोलेस्टेरोल बढेको बेला शाकाहारी खाना प्रयोग गर्न सके सबैभन्दा उत्तम हुन्छ । किनभने शाकाहारी खानामा रक्त कोलेस्टेरोल कम हुन्छ ।

अत्यधिक कोलेस्टेरोल र स्याचुरेटेड भएका खाद्यपदार्थ जस्तै मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री पहँेलो भाग, दूध, घ्यु, मख्खन आदि अत्यन्त कम मात्रामा प्रयोग गर्नुपर्छ ।

माछा, कुखुरा र लौकाटको मासुमा कम बोसो हुने हुनाले यी वस्तु कम मात्रामा उपयोग गर्न सकिन्छ तर खसी, बोका, भेडा, च्याङ्ग्रा, बँदेल आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुनाले यी वस्तु उपभोग नगर्नु नै बेस हुन्छ ।

खाना पकाउँदा तेल कम राख्नुपर्छ । मासु पकाउँदा छाला र बोसो सबै काटेर फालेपछि मात्र पकाउनुपर्छ । साथै पकाउँदा पग्लेको बोसोको रसलाई झिकेर फाल्नुपर्छ । दैनिक दुई पेगभन्दा बढी रक्सी पिउनु हुँदैन । मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिनुपर्छ । सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल, दाल अत्यन्त फाइदाजनक छन् ।

यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्नुपर्छ । धूमपान गर्नुहुँदैन । ओमेगा–३ फ्याटी एसिडयुक्त खाद्यपदार्थ (माछाको तेल, सिमी, बोडी, भटमास आदिबाट तयार पारिएका खाद्यपदार्थ)हरू आहारमा प्रयोग गर्नुपर्छ ।

ट्राइग्लाइसेराइडले पनि ह्दयाघात हुनसक्छ

प्रकृतिमा धेरैजसो चिल्लो पदार्थ ट्राइग्लाइसेराइडका रूपमा रहेका छन् । ट्राइग्लाइसेराइड खाद्यपदार्थबाट र शरीरभित्रै पनि निर्माण हुन्छ ।

उच्च रक्तचापका रोगीको रगतमा कोलेस्टेरोलका साथमा ट्राइग्लाइसेराइडको मात्रा पनि वृद्धि भएमा हृदयाघातको सम्भावना बढ्छ । बढेको ट्राइग्लाइसेराइडलाई घटाउनु उपयुक्त हुन्छ ।

ट्राइग्लाइसेराइड बढ्दा कस्तो आहार लिने ?

यस अवस्थामा कम चिल्लो, कम प्रशोधित कार्बोहाइड्रेट तथा कम चिनी तर बढी फाइबरयुक्त आहार खानुुपर्छ । पकाउने तेल दैनिक ५–१० ग्राम मात्र प्रयोग गर्नुपर्छ ।

तेलमा सूर्यमुखी, मकै, भटमास आदिको तेल प्रयोग गर्नु उपयुक्त हुन्छ । चिल्लोमा तारेका खाना जस्तै परौठा, समोसा, पुरी, दालमोठ आदि खानु हुँदैन । यस्तै प्रशोधित कार्बोहाइड्रेट जस्तै चिनी, गुड, जाम, मह, जुस, चकलेट, मैदाको रोटी, सुजी, सेतो पाउरोटी, बिस्कुट, चाउचाउ, म्याकरोनी आदि खानु उपयुक्त हुँदैन ।

त्यसै गरी सोडाबाहेक कुनै पनि कोक, फ्यान्टा, पेप्सीजस्ता पेयपदार्थ नपिउनु राम्रो हुन्छ । अल्कोहलयुक्त पेयपदार्थ पनि पिउनुबाट बच्न पर्छ । बटर, क्रिम, चीज, आइसक्रिम तथा अन्य क्रिमयुक्त खाना, बङ्गुर र खसीको मासु नखाने तर बोसो नभएका कुखुरा र माछा खाए हुन्छ ।
काजु, बदाम, ओखर तथा ड्राइफ्रुट्स खानुहुँदैन । पूर्ण गहुँको पिठो (प्रशोधन नगरिएको), गहुँको रोटी, गेडागुडी, खस्रो चामल, सागपात, हरियो तरकारी, फलपूmल, उच्च फाइबरयुक्त खाना प्रशस्त खान सकिन्छ ।

खानामा फाइबरको प्रमुख स्रोत गहुँ, ओट, गेडागुडी, हरियो सागपात, तरकारी तथा फलफूलहरू हुन् । पालिस गरिएको चामलमा फाइबर हुँदैन । त्यसकारण चामल प्रयोग गर्दा खस्रो र बाहिरी पातलो बोक्रा नफालिएको प्रयोगमा ल्याउनुपर्छ ।

कोलेस्टेरोल परीक्षण
टोटल कोलेस्टेरोल
200mg./dL भन्दा कम – सन्तोषजनक
200 b]lv 239 mg./dL – खतराको सिमाना
240 mg./dL वा बढी –खतरनाक

एलडीएल कोलेस्टेरोल

एलडीएलको मात्राले हृदयाघातको खतरालाई टोटल कोलेस्टेरोल (Total Cholesterol) ले भन्दा राम्रोसँग प्रतिविम्बित गर्छ ।

100 mg./dL भन्दा कम – सन्तोषजनक
100 देखि 129 mg./dL – खतराको सिमाना
130 mg./dL वा बढी – खतरनाक

एचडीएल कोलेस्टेरोल

सामान्यतया यसको मात्रा महिलामा 50-60 mg/dL र पुरुषमा 40-50 mg/dL हुनुपर्ने मान्यता छ । एचडीएल कम भएमा हृदयाघातको खतरा बढ्छ ।

40 mg./dL भन्दा बढी – सन्तोषजनक
40 mg/dL भन्दा कम – खतरनाक

एचडीएलको मात्रा किन घट्छ ?

– धूमपान गरेमा ।
– शरीरको तौल आवश्यकभन्दा बढी भएमा ।
– शारीरिक रूपले अल्छी भएमा (व्यायामको कमी) ।

एचडीएलको मात्रा कसरी बढाउने ?

– धूमपान रोक्ने ।
– शरीरको तौल घटाउने ।
– शारीरिक रूपले सक्रिय रहने (व्यायाम, योगासन आदि गर्ने) ।

एक पटक पढ्नुहोस