सुख-समृद्धि प्राप्तिको लागि गर्नुहोस् यी ९ उपाय, मिल्नेछ माता लक्ष्मीको कृपा

माता लक्ष्मीको कृपाले जीवनमा सुख, शान्ति, समृद्धि, धन प्राप्त हुन्छ। तर जबसम्म माता लक्ष्मीको आशीर्वाद प्राप्त हुँदैन, यी सबै सुख तथा समृद्धि प्राप्त गर्न सम्भव छैन। त्यसैले, यदि तपाईं पनि आफ्नो जीवनमा समृद्धि र माता लक्ष्मीको आशीर्वाद चाहनुहुन्छ भने यी ९ उपायहरु जान्नुहोस्…

१. शुक्रबार बिहान उठ्ने बित्तिकै माता लक्ष्मीको पूजा गर्नुहोस्, नुहाउनुहोस् र सफा सेतो वा गुलाबी लुगा धारण गर्नुहोस्। यस पछि, श्रीयन्त्र र माता लक्ष्मीको चित्रको अगाडि उभिएर श्री सुक्तको पाठ गर्नुहोस्। यदि सम्भव छ भने माता लक्ष्मीलाई कमलको फूल अर्पण गर्नुहोस्।

२. कुनै विशेष कामले घरबाट निस्किनु अघि थोरै चिनी मिलाएको दही खाएर निक्सिनुहोस्।

३. यदि तपाईंको कुनै काममा अवरोध आइरहेको छ भने शुक्रबार कालो कमिलामा चिनी दिनुहोस्।४. शुक्रबारको दिन देवी लक्ष्मीको मन्दिरमा जानुहोस् र शंख, कौडा, कमल चढाउनुहोस्। यी सबै महालक्ष्मीलाई धेरै मनपर्दछन्।

५. यदि श्रीमान् र श्रीमती बीच तनाव छ भने, तपाईंको सुत्ने कोठामा शुक्रबार जोडी प्रेमी चराहरुको तस्वीर राख्नुहोस्।

६. घरमा स्थायी सुख र समृद्धिको लागि पीपलको रूखको छायामा उभिएर फलामको भाँडोमा पानी, चिनी, घीउ र दुध मिसाएर पीपलको रूखको जरामा अर्पण गर्नाले लामो समयसम्म घरमा सुख समृद्धि आउँछ।
७. यदि घरमा बारम्बार धनहानि भइरहेको छ भने घरको मूल ढोकामा अबिर छर्कनुहोस् र शुद्ध घीउमा बत्ती जलाउनुहोस्।

८. यदि तपाईं धन वा सन्तान प्राप्ति चाहानुहुन्छ भने माता गजलक्ष्मीको पूजा गर्नुहोस्।

९. घर वा बाहिर कहिं ओअनी अन्नको अपमान नगर्नुहोस्। जसले क्रोधमा वा कुनै पनि अवस्थामा खाना फ्याँकन्छन् उनीहरूको घरमा कहिल्यै धन, सम्पत्ति र खुशी हुँदैन।

एक पटक पढ्नुहोस