स्वयम्भूको बुद्ध स्तूप नभत्काइने

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूमा रहेको भगवान् बुद्धको हजार मूर्ति स्तूप नभत्काइने बताएका छन् ।

स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियानको ज्ञापनपत्र बुझ्दै उनले सडक विभागको डिजाइन, निर्माण मापदण्ड, पुरातत्त्व विभाग र युनेस्कोको प्रावधानको परिधिमा रहेर हजार मूर्तिको स्तूप जोगाइने स्पष्ट पारेका हुन् । ‘प्राविधिक रूपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरू पनि सम्पदा जोगाइनेछ,’ उनले भने ।
सरकारको प्रतिबद्धता आएसँगै स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियानले घोषणा गरेको चरणबद्ध आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको अभियान संयोजक आचार्य नुर्बु शेर्पाले बताए ।

एक पटक पढ्नुहोस