सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
नेता यादवले कांग्रेसमा प्रवेश गर्दै नेपाली कांग्रेस मात्रै लोकतन्त्र र स्थायित्व दिनसक्ने पार्टी भएको प्रतिक्रिया दिएका थिए । जसले गर्दा आफू यस पार्टीमा प्रवेश गरेको उनको भनाइ थियो ।
स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गर्ने र अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ ।
