After header

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास बढाउँछ : सञ्चारमन्त्री

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका बीचमा देखा परेका समस्याहरू समाधानको लागि उच्चस्तरीय राजनीतिक प्रयास हुने बताए ।

‘नेपाल र भारतका सरकार र सरकारको बीचमा मात्रै होइन, जनता र जनताको बीचमा समेत सम्बन्ध छ,’ बिहीबार सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग मन्त्री कार्कीले भने, ‘त्यसैले प्रधानमन्त्रीज्यूको भारत भ्रमणले ती सम्बन्धहरूलाई थप प्रगाढ बनाउने र विश्वास बढाउने काम गर्छ ।’

मन्त्री कार्कीले दुई देशबीचमा देखा परेका समस्याहरूलाई प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा वार्तामार्फत समाधानको प्रयास गरिने बताए । ‘हामी बीचमा देखिएका समस्याहरूलाई उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत् छलफल गरेर दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने काममा प्रधानमन्त्री देउवाको भ्रमणले सहयोग पुग्नेछ भन्ने विश्वास छ, त्यसबारे म अहिले भन्नुभन्दा भोलि नतिजामाथि छलफल गरौँला,’ सञ्चारमन्त्री कार्कीले भने ।

 

एक पटक पढ्नुहोस