नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिकाले आसन्न स्थानीय तहको निर्वाचनमा बिजयी हाँसिल गर्न ‘घर घर जाउँ, कांग्रेस जिताऔं’ अभियानलाई तीव्रता दिएको छ ।
३० बैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन वडा स्तरीय भेला तीव्रताका साथ अघि बढेको छ । उक्त अभियानमा लिसंखुपाखर गापाका काँगे्रसजन दिनरात जनताका घरदैलोमा मत माग्न पुगिरहेका छन् ।
सभापति जोगलाल तामाङले कांग्रेसहरु एकढिक्का भएर मत माग्न हिडिरहेको जानकारी दिनु भयो । उक्त पालिकाको वडा नम्बर ३ र ७ मा कांग्रेसले वडा भेला गरेर जनताका जनगुनासा सुन्दै समाधानमा लागिरहेको उनले बताए । साता अघि कांग्रेसले पालिकाभरका कांग्रेसीलाई सहभागिता गराएर घर-घर जाउँ, कांग्रेस जिताऔं अभियान शुभारम्भ गरेको थियो ।
आकाँक्षीहरु सबै मिलेर घरदैलो गईरहेको र टिकट जसले ल्याएपनि मन, बचन र धनले जोडदार सहयोग गर्ने पनि सभापति जेठाले बताउनु भयो । लिसंखुपाखरमा कांग्रेस भित्र गुट उपगुट नरहेको भन्दै सभापति जोगलालले कांग्रेसलाई जिताउन सबै कांग्रेसीहरु जनताको घरघर पुगेर मत माग्दै आईरहेको उनले बताए ।
अग्रज कांग्रेसीजनको सल्लाह, सुझावलाई सम्मान गर्दै कांग्रेसको आन्तरिक संगठन बिस्तारमा पनि लागिरहेको जेठाको भनाई छ । महिला संघ, तरुण दल, बिद्यार्थी संघ, किसान, बुद्धिजिवी संघ लगायत भात्तृ र शुभेच्छुक संघसंगठन निमार्ण गरेर परिचालन गरिने पनि उहाँले जानकारी दिनु भयो ।
