नेपाली कांग्रेसका युवा नेता सुवास तिमल्सिनाले बलेफी गाउँपालिका–२ स्थित लक्ष्मीदेवी माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई मंगलबार लाख बढी रुपैँयाको खेलकुदका सामाग्री सहयोग गर्नु भएको छ ।
नेता तिमल्सिनाले ब्यक्तिगत खर्चमा उक्त सहयोग गर्नु भएको कांग्रेस नेता उमेश प्रधानले जानकारी दिनु भयो । बलेफी गाउँपालिका बिद्यालयहरुमा उहाँले झोला, शैक्षिक सामाग्री र खेलकुदका सामाग्री सहयोग गर्दै आईरहनु भएको छ ।
ग्याँस पड्केर तीन बालबालिका गुमाएका परिवारलाई नगद सहयोग
कांग्रेस नेता सुवास तिमल्सिनाले बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराका अग्नि पीडित मिनबहादुर तामाङलाई मंगलबार नगद १ लाख सहयोग गर्नु भएको छ । उहाँ लगायत कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेत नेतृत्वको टोली मंगलबार अग्नि पीडित परिवारजन रहेको मानेश्वाँरामा पुगेर १ लाख ७६ हजार नगद सहयोग गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा उक्त सहयोग गरिएको सभापति बस्नेतले जानकारी दिनु भयो । चैत २० गते बेलुकी खाना पकाउने क्रममा मिनबहादुरको घरमा ग्याँस पड्किएको थियो । ग्याँस पड्केर तामाङ परिवारको तीन बालबालिकाको घटनास्थल मै निधन भएको थियो ।
