काठमाडौँ । नेपाली कांग्रेस हेलम्बु गाउँपालिकाका पूर्वसभापति विजयसिंह तामाङसहित करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
शुक्रबार बिहान उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजी निवास खुमलटारमा स्वागत गरेका हुन् ।
यसरी प्रवेश गर्नेहरुमा हेलम्बु गाउँपालिकाका पूर्वसभापति विजयसिंह तामाङ, साङ्गे दोङ, आइसिंह तामाङ, अनिता तामाङ, रोशन तामाङ, जेगु तामाङ, रामसिंह तामाङ रहेका छन् ।
यसैगरी, सुरेश तामाङ, सन्तोष चापागाईं, दिनेश भट्टराई, सुवास विक, दिपक सुनार, रामचन्द्र सुनार, बाबुराम तामाङलगायत नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
