After header

‘समाज परिवर्तनका लागि ‘माइन्डसेट’ परिवर्तन जरुरी छ’

नेपालको शिक्षा प्रणालीले हारलाई आत्मसात् गर्न सिकाएन : डा. विजय ज्ञवाली पहिलो विद्यालय घर र पहिलो शिक्षक अभिभावक हुन् : वाणी राणा राम्रो वातावरण भएको घरले धेरै कुरा सिकाउँछ : सिर्जना सिंह

काठमाडौँ — युनाइटेड ट्रेड सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यले समाज परिवर्तनका लागि मानिसको माइन्डसेट परिवर्तन गर्नुपर्ने बताएकी छन् ।

नारी मासिकद्वारा आयोजित कार्यक्रम ‘निर्भीक नारी’को पहिलो सत्र ‘घर : सोच र शिक्षाको शृङ्खला’ मा बोल्दै वैद्यले घर र समाजमा देखिने कुराले मानिसको व्यक्तिगत र सामाजिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै यसका लागि सबैको माइन्डसेट परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।

त्यस्तै सत्रका अर्का वक्ता विजय ज्ञवालीले नेपालको शिक्षा प्रणालीले हारलाई आत्मसात् गर्न नसिकाएको बताए । अनुकूल अवस्थामा मात्रै बढी ध्यान दिएको तर प्रतिकूल अवस्थालाई कसरी जितेर अगाडि बढ्ने भन्नेबारे नसिकाइने उनले बताए ।

‘प्रतिकूल अवस्थालाई जितेर अगाडि बढ्न सक्ने गरी हाम्रो शिक्षाले सिकएको छैन । हाम्रोमा सन्तान अनुत्तीर्ण भए गाली गर्ने प्रवृत्ति बढी छ,’ उनले भने ।

यसैगरी अर्की वक्ता युनिग्लोब स्कुलकी प्रधानाध्यापक वाणी राणाले विद्यालयमा औपचारिक शिक्षा पााए पनि मानिसको पहिलो विद्यालय घर र पहिलो शिक्षक अभिभावक भएको बताइन् ।

पहिलो सत्रमा बोल्ने क्रममा सामाजिक कार्यकर्ता तथा नेपाल महिला संघकी सल्लाहकार सिर्जना सिंहले शिक्षित परिवारमा जन्मिएको सन्तानले त्यहिअनुसारको संस्कार पाउने भन्दै घरको वातावरणले मानिसको स्वभाव र व्यवहारमा परिवर्तन ल्याउने बताइन् ।

एक पटक पढ्नुहोस