After header

उम्मेदवारले कति राख्नुपर्छ धरौटी ?

काठमाडौं/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्ने धरौटी तोकेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने तोकेको छ । त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ र सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने जनाएको छ ।
निर्वाचन आयोगका अनुसार महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा भने धरौटीमा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।

एक पटक पढ्नुहोस