भक्तपुर/विस्केट जात्राको अन्तिम दिन भक्तपुरमा रथ तान्ने क्रममा एक जनाको मृत्यु भएको छ । रथ तान्ने क्रममा रथले किचेर भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो ।
जात्राको अन्तिम दिन रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेर कसपालको मृत्यु भएको बताइएको छ । अप्रिय घटना भए पनि सांस्कृतिक विधि अनुसार जात्रा भने नरोकिने स्थानीयहरूले बताए ।
रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
