After header

सत्तारुढ गठबन्धन महानगर भागबण्डामा सहमति

काठमाडौं/यही बैशाख ३० हुने स्थानिय निर्वाचनका लागि नेपाली काग्रेसले तिन वटा महानगर लिदैँ सहमतिमा जुटेको छ ।
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ वटा महानगरमा नेपाली काग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाका लिने सहमति सहित अन्य तिन वटा माओवादी, एकीकृत समाजवादी र जनता समाजबादीले लिने सहमति भई महानगर टुगीएको छ ।
पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ भने त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व लिने सहमति भएको एक नेताले जानकारी दिए । अब उपमहानगर पनि अझै टुगो लगाउने सत्तारुढ गठबन्धन तयारी रहेको छ ।

एक पटक पढ्नुहोस