काभ्रे/ हिजो मंगलबार हावाहुरी सगै परेको पानी पश्यात चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । चट्याङ लाग्दा महाभारत गाउँपालिका–७ स्थित केराबारीमा स्थानीय डिलबहादुर मोक्तानकी छोरी १६ वर्षीया कान्छीमाया मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर मृतक किशोरीकी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाइते भएका प्रहरी जानाएको छ । पानी र मेगगर्जन सहित परेको चट्याङ लागेर कान्छीमाया मोक्तानको घटनास्थलमै मृत्यृ भएको प्रहरी जनाएको छ । घाईते उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने चट्याङले उनीहरुको घरमा समेत ठूलो क्षति पुगेको स्थानियले जानकारी दिए ।
