After header

पनौतीमा काँग्रेसबाट ३ जना मेयरमा र ३ जना उपमेयरमा सिफारिस

पनौती/ यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेपाली काग्रेस पनौती नगर समितिले काग्रेसको तर्फबाट मेयर उपमेयर सिफारिस गरेको छ ।

नेपाली काग्रेसको तर्फबाट १७ जना आकाक्षी रहेको पनौती नगरपालिकामा आजको नगर समितिको बैठक बाट ३ जना मेयर ३ जना उपमेयरको नाम नेपाली काग्रेस जिल्ला कार्य समितिमा सिफारिस गएिको काग्रेस पनौती नगरका सचिव नारायण सापकोटाले जानकारी दिए । नेपाली काँग्रेसको विधान अनुसार मेयरमा दुइजना पुरुष र एक महिला अनिवार्य भएकाले त्यही विधान अनरुप आजको नगर समितिको बैठक सर्वसम्मत बाट मेयर र उपमेयर सिफारिस गरिएको सचिव सापकोटाले जानकारी दिए ।पनौती मेयरका लागि काग्रेस बाट वर्तमान नगर सभापति रामशरण भण्डारी, श्री राम थापा र मिरा नेपालीलाई मेयरमा सिफारिस गरेको सापकोटाले जानकारी दिए ।

त्यस्तै गरि उपमेयरका लागि अञ्जु रन्जितकार केसी, जयन्ती हुमागाई र हिरामाया मानन्धरलाई नेपाली काग्रेस पनौती नगर कार्य समितिले आज जिल्लामा सिफारिस गरेको सापकोटाले जानकारी दिए ।
नेपाली काग्रेस पनौती नगरका लागि केही वडा सर्वसम्मत वडा अध्यक्ष चयन भएको समेत उनले बताए । अहिले सम्म पनौती वडा नं. १ मा जय बहादुर लामा, २ मा पुष्पराज बलखे, ३ मा सुमन थापा, ६ मा सुधिर सापकोटा र १२ मा बलराम तामाङ सर्वसम्मत चयन भएको उनले बताए । बाँकी वडामा सर्वसम्मत हुन नसकेको कारण विकल्व सहित वडा बाट सिफारिस भई आउनु भएका सबै वडा अध्यक्षका आकाक्षीको नाम आज नै प्रतिनिधि सभामा पठाईएको सापकोटाले जानकारी दिए ।

एक पटक पढ्नुहोस