After header

आशीर्वाद लिदैँ जनताको घर घरमा वादे ( तस्वीर सहित )

तलब भत्ता बापतको सबै रकम बृद्ध बृद्धाको स्वास्थ्य उपचारमा खर्च गर्ने

 

बनेपा/स्थानिय निर्वाचन नजिकीदै गर्दा यति बेला सबै दलहरु घर दैलोमा ब्यस्त छन् । यही बैशाख ११ र १२ गते मनोनय दर्ता सगै स्थानिय तहको निर्वाचनले सबै पार्टीलाई यति खेर जनताको घर आँगनामा पुगिर भोट माग्ने र आर्शिवाद लिने काम शुरु भएको छ ।

टोल टोलमा पुग्दै वडा नं. ९ का उम्मेदवार वादे

यस्तै अभियानमा जुटेका छन् बनेपा नगरपािलका वडा नं. ९ का सबैका प्रिय, बनेपालीहरुको मन मुटुमा बस्न सफल ब्यक्ति नृपेश वादे । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि वडा नं. ९ मा नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवारी सगसगै यति बेला वादे घर घर गई आर्शिवार्द सगै भोट माग्न शुरु गरेका छन् । उनले आफुले चुनाव जिते आफुले वडा अध्यक्षको तलब भत्ता बापतको सबै रकम बृद्ध बृद्धाको स्वास्थ्य उपचारमा खर्च गर्ने भन्दै वडाका बृद्धाआश्रममा गई बृद्धबुबाआमाहरु बाट आशीर्वाद लिदै घरदैलो कार्यक्रम शुरु गरेका छन् ।

टोल टोलमा गएर बृद्धाआमाहरु सग आर्शिवाद र भोट माग्दै

विद्यार्थी काल देखि नै राजनितिमा होमिएका वादेले करीब दुई दशक नेपाली काँग्रेसका लागि योगदान दिदै नेवि संघ काभ्रेको अध्यक्ष समेत भईसकेका छन् । आफ्नो नगर र वडाको विकासका लागि अब नेतृत्व लिए अगाडि बढ्ने सोचमा वडा अध्यक्षका लागि आफु उठेको बताए ।

¥यालि सहित टोल टोलमा भोट माग्दै जनतालाई हात जोड्दै नृपेश

यस वडा नं. ९ मा सबैको साथ र सहयोग कै कारणले गर्दा आफू वडा अध्यक्ष उठेको बताउछन् । टोल विकास नभई नगर हुन् र आफू जतिको युवा अब राजनितीमा नआए नगर र वडाको विकास हुन् भन्ने लागेर सबै वडा बासीको साथ र सहयोगमा आफू यस वडाको लागि वडा अध्यक्षमा उम्मेदवारी दिएको वादेले बताए ।

एक पटक पढ्नुहोस