पनौती/यही बैशाख ३० गते देशैभर एकै पटक स्थानिय तहको निर्वाचन हुदै छ । निर्वाचन नजिकीदै गर्दा दलहरु आफ्नो चुनावी एजेण्डा बोकेर घर दैलो कार्याक्रम शुरु गरेका छन् । नेपाली काग्रेसको तर्फबाट मेयरको उम्मेदवारी पाएका पनौती नगरपालिकाका विकास प्रेमी एवं इमान्दार नेता रामशरण भण्डारी यति बेला पनौती नगर भित्र घर दैलोमा हिडेका छन् ।

नेकपा माओबादी केन्द्र र एकिकृत समाजवादी वीच भएको चुनावी तालमेल अनुसार पनौती नगरपालिकाको प्रमुखमा नगर सभापति रामशरण भण्डारीले उम्मेदवारी दिए संगै कग्रेस कार्यकर्ताहरुले चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् ।
यस अघि नेकपा एमालेले विजयी हासिल गरेको पनौती नगरमा यस पटक काग्रेसको सत्ता ल्याउने रणनीतिका साथ नगरभित्र रहेको १२ वटै वडाका कार्यकर्ताहरु सक्रियताका साथ मतदाताको घरदैलो पुगिरहेका छन् ।

यस पटक प्रत्येक वडामा चारवटा भन्दा बढी टोल समिति समेत गठन गरेको काग्रेसका २ हजार ६ सय भन्दा बढी क्रियाशिल सदस्य काग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराउन क्रियाशिल छन् ।
गठबन्धनमा नेकपा (एकिकृत समाजवादी) का नेता छवि हुमागाईले पनौती नगरको उपप्रमुखमा उम्मेदवारी दिएका छन् । वडामा सबै दलले उम्मेदवारी दर्ता गराएपनि नगर प्रमुख र उपप्रमुख भने एकसाथ भोट माग्न मतदाताको घरदैलो धाइरहेका छन् ।

गुणस्तरीय शिक्षा स्वास्थ्य, व्यवस्थित वसपार्क निर्माण, त्रिवेणी घाटको स्तरोन्नती, सम्पदाको संरक्षण, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, आधुनिक र व्यवसायिक कृषि, सिचाई, खानेपानि, नगरपालिका भित्र मौलाएको भष्ट्राचार नियन्त्रण जस्ता एजेण्डाका साथ मतदाताको घरदैलोमा पुगिरहेको मेयरका उम्मेदवार भण्डारी बताए । – २०७४ सालको निर्वाचन हामिले जित्न सकेनौ, त्यतिवेला नेपाली काग्रेसले गरेको प्रतिवद्धता पनि अब जितेर पुरा गर्नुपर्ने छ ।, उनले बताए ।

पनौतीमा काग्रेस नेतृत्वलाई चुनाव जित्न अब कसैले पनि रोक्न नसक्ने भन्दै पनौती काग्रेसका नेता प्रदिप बोगटीले बताए– सबै वडामा काग्रेस एकतावद्ध भएर चुनावी मैदानमा होमिएको छ । यस कारणले गर्दा पनि यस पटक पनौती नगर काग्रेसले जित्ने बोगटी भनाई छ । नेपाली काग्रेस नगर सचिव नारायण सापकोटाले यस पटकको निर्वाचनमा सबै सग एक ढिक्का भई अगाडि बढेको बताए ।

कम्प्युनिष्टले जितेर पनि नगरको कुनै विकास गर्ने नसकेका कारण देश विकास र जनताको दुख सुखको साथी भनेको काग्रेस रहेछ भन्ने आम जनताले बुझेका कारण यस पटक पनौतीमा काग्रेसले जित्छ भन्नेमा ढुक रहेको बताए । आम जनताले विकास प्रेमी र सच्चा इमान्दार नेता यस पटकको मेयरको उम्मेदवार रहेकाले यस पटक पनौतीको बासीले उनलाई विश्वास गर्ने सापकोटाले जानकारी दिए ।
