काभ्रे/जिल्ला प्रहरी कार्यालय काभ्रेले ६ वर्ष पछि सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार रहेका जिल्लाको पाँचखालका नगरपालिका वडा नं २ स्थित अनेकोटका २७ वर्षीय बलराम भनिने विशाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठलाई सवारी ज्यान मुद्दामा २०७३ जेष्ठ १३ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतले २ वर्ष कैद र २ हजार रुपैँया सजाय फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरी वैशाख १४ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनलाई फैसाल अनुसार सम्मानीय जिल्ला अदालत उपस्थित गराई अदलातको फैसाल अनुसार कार्वानहीनमा लागिएको
