बनेपा/ आसन्न निर्वाचनका विषयमा बहस गर्ने क्रममा नेकपा माओवादीका कार्यकर्ताले एमालेका कार्यकर्ता लाई कुटेका छन् । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका ३ नम्बर वडामा माओबादीले चुनाब लक्षित गरेर कुटपिट गरेको बताइएको छ ।
नेकपा माओवादीका केन्द्रका भक्त बहादुर बि.क ले एमालेको देब बहादुर जिम्बालाई कुटपिट गरेका छन । सख्त घाइते हुने गरी जिम्बालाई कुटपिट गरेपछि उनी फरार रहेको र घाइते जिमबा लाई स्थानिय स्वास्थ्य चौकीमा उपचार गराइएको बताईएको छ । एक स्थानीयका अनुसार खानीखोला गाउँपालिकामा माओवादी केन्द्र कांग्रेस मिल्दा पनि नेकपा एमालेकाे पल्लाभारी हुने देखिएपछि नेकपा माओवादीका केही कार्यकर्ता अराजक तरिकाले उत्रिएको बताइन्छ । खानीखोला गाउँपालिकामा मुख्य प्रतिस्पर्धी नेकपा माओवादी र कांग्रेसको गठबंधन बाट इन्द्र बहादुर थिङ छिन्ताङ्ग र नेकपा एमाले बाट अनुभवी प्रभावशाली मानिँदै आएको शेखर लामाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

खानीखोला गाउँपालिकामा माओवादी कार्यकर्ताद्धारा एमालेका कार्यकर्तामाथि निर्घात कुटपिट
Prev Post
Next Post
एक पटक पढ्नुहोस
