After header

बोलेरो दुर्घटनामा हुदाँ १३ जना घाइते

काभ्रे÷सिन्धुलीबाट काठमाण्डौ आउदै गरेको बोलेरो रोशीमा दुर्घटना हुदाँ १३ जना घाईते भएका छन् । सिन्धुलीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा १३ च ७०६४ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एकजना गम्भीर घाइते सहित १३ जना घाइते भएका छन् ।

घाइते हुनेमा रोशी गाउँपालिका वडा नं ११ का ४ वर्षिय सौगात तामाङ,सोही वडाका २३ वर्षिय राम कुमार तामाङ,५५ वर्षिया सर्मिला लामा,८ वर्षिया करिमा रायमाझी रहेका छन् । त्यस्तै, ६० वर्षिया गौरीमाया श्रेष्ठ, रोशी १० का ५१ वर्षिय नवराज,२५ वर्षिया ठूलीमाया तामाङ, ३० वर्षिया सुन्तली वाइवा,६५ वर्षिय अञ्जलीमाया मोक्तान, ३६ वर्षिया शाहदेन मोक्तान र रोशी ३ का ५५ वर्षिय रण बहादुर राणा रहेका छन् । एक जनाको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
बोलेरो गाडी सडक बाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन् ।

एक पटक पढ्नुहोस