After header

पनौती काग्रेसको संकल्प पत्र सार्वजनीक

शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

काभ्रे/नेपाली काग्रेस पनौती गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा आधुनिक र व्यवसायीक कृषिलाई प्राथमिकतामा राखेको छ । गरिब नागरिकको जिवनस्तर उकास्नको लागि गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउनु पर्ने भन्दै यो नगरमा धेरै कृषक वसोबास गर्ने भएकोले कृषिलाई पनि प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने पनौती काग्रेसले जनाएको छ ।

आइतवार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काग्रेसबाट मेयर पदमा उम्मेदवारी दिनु भएको रामशरण भण्डारी र उपमेयरमा उम्मेदवारी दिनु भएको एकिकृत समाजवादीका छवि हुमागाईले सयुक्त रुपमा प्रतिवद्धता जनाउदै पनौती नगरको समग्र विकास एमाले नेतृत्ववाट असम्भव भएको प्रमाणित भैसकेको बताउनु भएको थियो ।

पनौती नगरपालिका स्थापना भए देखि नै एमालेले नेतृत्व गरेको पनौती नगरमा २५ वर्षदेखि उदाहरण दिन सकिने एउटापनि उल्लेख्य काम नभएको भन्दै आम जनताको खेतबारीमा डोजर लगेर बाटो खान्ने बाहेक केहि विकास नभएको आरोप लगाइएको छ । जथाभावी खेतवारीमा डोजर लगाइएको छ , हिउदमा समान्य यातायात गुडाउन मिल्छ, वर्षामा मिल्दैन भन्दै उपप्रमुखका उम्मेदवार छवि हुमागाई भन्नुहुन्छ– एमाले नेतृत्वको स्थानिय सरकारले एउटा पनि अल्पकालिन र दिर्घकालिन योजना बनाएर विकास निर्माणको थालनि गरेको एउटा पनि काम देखिएन ।

नगरप्रमुखका उम्मेदवार रामशरण भण्डारीले काग्रेसको नेतृत्वमा निर्वाचन जितेर नगरमा वार्षिक क्यालेण्डर बनाएर प्रतिवद्धता पुरा गर्ने भन्दै पनौती नगरबासिलाई प्रजातन्त्र प्राप्ती अनुभुति दिलाउने बताउनु भएको छ । भण्डारीले पनौतीमा करको दायरा बढाउने र करको दर घटाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो । प्रमाण, तथ्य र तथाङ्कको आधारमा वजेट नीति र योजना तर्जुमा गर्ने भन्दै पनौती नगरमा एमालेको एकतन्त्रिय शासनको अन्त्यको लागि गठबन्धनलाई मतदान गर्न पनि भण्डारीले आग्रह गर्नुभएको थियो ।
काग्रेसको गठबन्धन नेतृत्वले पनौतीमा प्रसुति सेवा सहितको ५ शैयाको अस्पताल बनाउने प्रतिवद्धता जनाएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रको वजेट १० प्रतिशत बनाउने भन्दै प्रत्येक वडामा स्वास्थ्य परिक्षणको प्रयोगशाला निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । शिक्षाको विकासको लागि सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर आमुल परिवर्तन गर्ने, प्राविधिक एवं सिप सिकाई शिक्षालाई जोड दिई रोजगारमुलक बनाउने, १२ कक्षा सम्म विज्ञान विषय पढ्नेलाई निशुल्क पठन पठनको व्यवस्था गर्ने गठबन्धन दलको प्रतिवद्धता रहेको छ । नगरपालिकाले प्रत्येक वर्ष ३ जना डाक्टर, ५ जना इन्जिनियर र ५ जना स्टाफ नर्स पढनको लागि छात्रवृति दिने व्यवस्था गर्ने पनि प्रतिवद्धतामा उल्लेख छ ।

पनौती काग्रेसको निर्वाचन परिचालन मुल समितिका संयोजक भोला थापाले मतदाताको घरदैलोमा पुग्दा पनौती नगरमा एमाले नेतृत्वको सरकारले गरेको भ्रष्टाचार, अनियमितताको पनि भण्डाफोर गर्दै आम मतदातालाई सजक बनाउनु पर्ने धारणा राख्नु भएको थियो । एमाले नेता तथा कार्यकर्ताहरु जनतालाई झुक्याउन सिपालु छन भन्दै उहाले भन्नुभयो– पनौती नगरले गरेको अनियमितता यति धेरै छन की अहिले उनिहरुलाई मत माग्न जादा लाज लाग्नु पर्ने हो ।

काभ्रे काग्रेसका कोषाध्यक्ष जगन्नाथ गिरीले पनि एमाले नेतृत्वको पनौतीको सरकार भ्रष्टाचारको मुल भएको भन्दै पछिल्लो पाचवर्षको अवधिमा भ्रष्टाचार र अनियमितता बाहेक केहि नगरेको बताउनु भएको थियो । पाचवर्ष अघि पनौती वसपार्क जस्तो थियो अहिले पनि त्यस्तै छ भन्दै कोषाध्यक्ष गिरी भन्नुहुन्छ– पनौती नगरमा एमाले सरकाले यति सम्म अनियमितता गरेको छ राजश्व छुट दिएर करोडौ भ्रटाचार गरेको छ ।

राजस्व मिनाह नहुने भएपनि पनौती नगरले प्रति वर्ष ५ करोड रुपैया मिनाह गरेर आधा रकम कमिशन खाएको उहाको आरोप थियो । पनौतीमा करिडोर निर्माणको लागि प्रतिवर्ष सात करोड रुपैया उठाएको भएपनि यो ५ वर्षमा ३५ करोड रुपैया भन्दा बढी रकम उठेको भन्दै उहाले ६ किलोमिटर बाटो निर्माण गर्न नसकेको आरोप लगाउनु भएको थियो ।

काग्रेस भित्र विवाद भएको भन्दै अफबाह फैलिरहेको सन्दर्भमा पनौती काग्रेसले पुर्व केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, केन्द्रिय सदस्य गणेश लामा, मधुप्रसाद आचार्य मात्र हैन पुराना नेताहरु तिर्थ पसखल, इनद्रप्रसाद अधिकारी, तथा काग्रेसबाट मेयरका लागि आकाक्षि रहेका भोला थापा, प्रदिप वोगटी, राजेन्द्र पसछे लगाएत दर्जनौ नेताहरुले एक स्वरमा एकढिक्का भएर काग्रेस जिताउने अभियानमा सरिक भएको जनाएका थिए । कार्यकर्ताहरुलाई कुनै पनि भ्रम नराखि काग्रेस जिताउ अभियानमा सरिक हुन आग्रह गर्दै उनिहरुले काग्रेस नेतृत्वले पनौती नगरमा हारेमा आम मतदाता फेरी पाच वर्ष पछुताउनु पर्ने कुरा मतदाताहरुलाई बुझाउन आग्रह गरेका थिए ।

 

एक पटक पढ्नुहोस