After header

बनेपा १० मा घरदैलो

वडाको विकास र समृद्धिका लागि मेरो उम्मेदवारी ः बिष्ट

बनेपा/दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु भोट माग्न घरघरमा ब्यस्त रहेका छन् । आफ्नो नगर र वडाको विकास र समृद्धिका लागि भन्दै बनेपा नगरपालिका वडा नं. १० का नेपाली काग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महेन्द्र बिष्ट सहित उहाका टिम यति बेला जनताको समस्या र आफ्नो पार्टीका लागि भोट माग्दै घरदैलो चुनावी प्रचारप्रसारमा ब्यस्त रहेका छन् ।

जनता सग हात जोडेर भोट माग्दै वडा अध्यक्ष्का उम्मेदवार महेन्द्र सहित वडाका सदस्यहरु

चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिदै नेपाली कांग्रेस बनेपा नगरपालिका वडा नं. १० वडा अध्यक्ष पदको उम्मेदवार महेन्द्र बिष्ट सहित महिला वडा सदस्यमा प्रेमा दवाडि रंजितकार ,दलित महिला सदस्यमा मिना रोकय मिजार ,पुरुस सदस्यहरुमा बलबहादुर थापा (श्याम) र बिर सुन्दर कुवर लगायतको टोलि घर दैलोमा भोट माग्ने दौडधुपमा छन् । आफ्नो वडा आफै बनाउ भन्दै बिष्ट यति बेला जनताको समस्या र विकासका बारेमा बुझ्दै जनताको घर आँगनमा पुगिरहेका छन् ।
आफूलाई यस स्थानिय तहको निर्वाचन वडा अध्यक्ष सहित सम्पूर्ण टिमलाई भोट अमूल्य मत दिनु होस् । यहा नगरपालिका र वडाको विकास र जनताले चाहेको जस्ता काम र योजना ल्याई यस वडाको विकास गर्ने छु उनले भने । यस पटक मलाई जिताउनु भयो भने अध्यक्ष्य भएपछि तलब भत्ता नलिने बरु त्यो पैसाले शिक्षा क्षेत्रमा लगानी गर्ने र अन्य क्षेत्रकबा लागि पनि आफूले पहल गर्ने बिष्टले बताए ।

टोल टोल गई भोट माग्दै

यस बनेपा नगरपालिका मध्ये यस १० नं.वडामा कुनै पनि राम्रो काम हुन नसकेको र विकासका नाम केही कसैले नगरेको भन्दै आफ्नो वडा बनाउन यस पटक जिताएर देखाउनु सबै मतदाताहरुलाई आग्रह गरेका छन् । चुनाव प्रसार प्रसारको नेतृत्व गदै गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु यतिबेला गठबन्धन बाट साझा सम्मेदवार बनेका महेन्द्र विष्टलाई जितउनका लागि घरदैलोमा उम्मेदवार सहित भोट माग्न लागि परेको बताए । यस पटक यस ठाउँमा विकास गर्ने र विकास प्रेमी नेता उम्मेदवार पाएका छौ । सबै जनताहरु खुशी भई विकास प्रेमी बिष्ट जस्तो वडा अध्यक्ष पाएकोमा सबै मतदाता मत हाल्न आतुर रहेको समेत चुनाव प्रचार प्रसारमा हिडेका नेता कार्यकर्ताले बताए । यस भन्दा अगाडि एमालेका वडा अध्यक्षको पाच बर्षको काम हेरिसकेका वडाबासि यो पटक भने नेतृत्व परिवर्तन गरी काग्रेसका उम्मेदवार बिष्टलाई जनताले रुचाएको समेत स्थानियको भनाई छ ।

एक पटक पढ्नुहोस