After header

खानीखोलामा एमालेले थाल्यो सगुन गर्दै घरदैलो अभियान ( हेर्नुस भिडियो सहित)

बनेपा / नेकपा एमाले खानीखोला गाउँपालिकाले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि घरदैलो अभियान कार्यक्रम सुरु गरेको छ । खानीखोला १ नम्बर फलामेटार बाट नेकपा एमाले खानीखोला गाउँपालिका कमिटीले आफ्नो उम्मेद्वार जिताउन घरदैलो अभियान सुरु गरेको हो ।                       गाउँपालिका कमिटीका अध्यक्ष डम्बर तिमल्सिनाको संयोजत्वमा अभियान सुरु गरेको बताइएको छ । अध्यक्ष तिमल्सिनाले उम्मेदवारहरुलाई सगुन गर्दै आफ्नो पार्टीले खानीखोला गाउँपालिका अध्यक्ष सहित सिंघो टीम सातै वटा वडाका उम्मेद्वारहरु विजयी हुने संकेत देखिसकेको बताए । उनले गाउँपालिका मा विगत मा भए गरेको काम काे स्मरण गर्दै जनप्रिय काम गरेको भन्दै जनतामा एमाले खानीखोला लोकप्रिय बनेको बताए । गाउँपालिकाकाे अध्यक्ष उम्मेद्धार शेखर लामा उपाध्यक्ष, रुक्मे रुक्मेंणी गुरुङ र वडाका वडाध्यक्षका उम्मेद्वार आशाराम गोलेले सगुन गरेर चुनावी मैदानमा होमिएका छन् । थप फोटो र भिडियो मा हेर्नुस्

­

एक पटक पढ्नुहोस