After header

५० शैयाको अस्पताल, घरमै स्वास्थ्य सेवा

पनौती काग्रेसको प्रतिवद्धता

 

६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दिर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुचमा पुग्न नसकेका व्यक्तलाई नियमित परिक्षण, परामर्श, औषधी र उपचार सहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराइने ।

पनौती/स्वास्थ्य र शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको पनौती काग्रेसले नगरका बासिन्दालाई सर्वसुलभ तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगर भित्र ५० शैयाको अस्पताल बनाउने संकल्प गरेको छ ।
पनौती काग्रेसले स्थानीय विनियोजन गर्ने स्वास्थ्य क्षेत्रको वजेटलाई कम्तिमा १० प्रतिशत पु¥याउने प्रतिवद्धता जनाएको छ ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवारी दिनु भएको काग्रेस नेता रामशरण भण्डारीले स्वास्थ्य सेवाको लागि ५० शैयाको अस्पताल निर्माण गर्नुका साथै निशुल्क मुटु, मधुमेय, लायलेसिस सेवा र महिलाको पाठेघरको मुखको क्यानसर, स्तन क्यान्सर लगाएत क्यान्सरको परिक्षणलाई विस्तार गरिने समेत बताउनु भएको छ ।
मतदातासंग मत माग्न घरदैलोमा गुगिरहेका नगरप्रमुखका उम्मेदवार भण्डारीले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक परिवारलाई नगरले आधा रकम व्यहोर्ने तथा ६५ वर्ष माथिका जेष्ठ नागरिक सबै र अति विपन्न, दलित, एकल महिला, असक्त र अपङ्गता भएकाहरुको निशुल्क बिमा गरिदिने बताउनु भएको छ । नियमित परिक्षणको लागि वडामै प्रयोगशालाको विस्तार गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

पनौती नगरमा स्वास्थ्यको सवाललाई विशेष ध्यान दिएको भन्दै नगर प्रमुखका उम्मेदवार भण्डारीले ‘सुत्केरी आमा, पोषिलो खाना’ भन्ने नाराका साथ स्थानिय स्वास्थ्य संस्थावाट सुत्केरी भएको दुई वर्ष सम्म पोषण कुपन वितरण गरि पाँच हजार सुत्केरी भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सवै नवजात शिशुको निशुल्क उपचार कार्यक्रमलाई वडाभर विस्तार गरिने उहाको भनाई छ ।
स्वास्थ्य सेवा र संरचनालाई लैङ्गिकमैत्री, जेष्ठ नागरिकमैत्री र अपाङ्गमैत्री बनाइने भन्दै भण्डारीले सबै महिलालाई निशुल्क स्यानिटेरी प्याड वितरणको व्यवस्था गरिने बताउनु भएको छ । ६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दिर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुचमा पुग्न नसकेका व्यक्तलाई नियमित परिक्षण, परामर्श, औषधी र उपचार सहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उहाको प्रतिवद्धता थियो । काग्रेसले नगरभित्रबाट प्रत्येक वर्ष तीन जना व्यक्तिलाई डाक्टर पढ्नको लागि छात्रावृति उपलब्ध गराउने व्यवस्था मिलाउने पनि जनाएको छ ।

 

एक पटक पढ्नुहोस