भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाको समग्र विकासका लागि गठबन्धनलाई जिताउन नमोबुद्ध नगरका मेयरका उम्मेदवार कुसाङ लामाले आग्रह गरेका छन् । नमोबुद्ध नगरको घरदैलो कार्यक्रममा उनले यस पटक गठबन्धनका उम्मेदवारलाई भोट हाली जिताउन आग्रह गरेका हुन् ।

नगरपालिकामा कुनै पनि विकास हुन सकेको छैन त्यसै कारण यस पटक म लगायत मेरो टिमलाई भोट हालेर जिताउनु नगरको विकास हामी गर्ने छौं उनले भने । नमोबुद्ध नगरपालिकामा यो ५ वर्षमा एमालेको सरकारले केही गर्न सकेनन् । विकासका नाम आएका योजना कार्यकर्ताहरुलाई बाड्ने र कमीसन खाने बाहेक केही काम नभएको उनले बताए ।
जनतालाई झुकाएर खान पल्केका एमालेले यस पटक पनि तपाईहरुको आखाँमा छारो हाल्न सक्छन त्यसैले अब भ्रममा नपर्न लामाले आग्रह गरे ।यस नमोबुद्ध नगरमा भष्ट्रचार मुक्त, कमीसन बन्द गर्न र नगरको विकासको लागि आफूले यस पटक मेयर पदमा उम्मेदवारी दिएको बताए ।
