भकुण्डेबेशी/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा यति बेला दलहरु घरदैलोमा ब्यस्त रहेका छन् । घरदैलो कार्यक्रम अन्र्तगत नमोबुद्ध नगरपालिकामा नेपाली काग्रेसका मेयर पदका उम्मेदवार कुन्साङ लामा लगायत उहाँको टिम पनि यतिबेला घरदैलोमा ब्यस्त रहेका छन् ।

सबै नगरबासीको मन मुटुमा बस्न सफल समाजसेवी नेता लामा यति बेला नगरको गाउँ गाउँ टोल टोलमा गई मतदाताको समस्या र आशीर्वाद लिदै यही बैशाख ३० गते हुन गईरहेको निर्वाचनमा आफ्नो अमूल्य मत हाल्न आग्रह गर्नु भएको छ । नमोबुद्ध नगरपालिकालाई भष्ट्रचार मुक्त नगर बनाउ, नगरलाई स्वाच्छ हराभरा नगर बनाउन, नगरलाई पर्यटक क्षेत्र बनाउन,नगर भित्र रहेका सास्कृतिक सम्पदाको संरक्षण र नगरपालिका भित्र ११ वटै वडाको विकासका लागि आफै सधैव लागि पर्ने मतदातालाई यस पटक रुख चिन्हमा भोट हाल्न आग्रह गरेका छन् ।

नमोबुद्ध नगरपालिका भित्र बृद्धबृद्धा देखि युवा सम्म परिचित मेयर पदका उम्मेदवार कुन्साङ लामा करीब चार दश देखि राजनितिमा लागे समाज सेवा गदै आएका छन् । उनलाई घरदैलो कार्यक्रममा जनताको साथ र मतदाताको आशीवार्द रहेको छ । उनले यस पटकको निर्वाचनमा आफू लगायत सबैलाई यस पटक निर्वाचित गराउन आग्रह गनु भएको छ ।





