After header

भोलि ३० गते सवारी नचल्ने, ट्रिपर ४ दिन बन्द

काभ्रे/निर्वाचन आयोगको बैशाख २२ गतेको निर्णय अनुसार काभ्रेमा ३० गते अति आवश्यक बाहेक सबै सवारी साधन बन्द गर्ने निर्णय गरेको छ । भोलि ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचन २०७९ लाई ध्यानमा राखी आज २९ गते देखि ४ दिन ट्रिपर सञ्चालनमा रोक लगाइएको छ ।

निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिन आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना प्रकाशित गरी मिति २०७९ वैशाख २९ गते बिहान ६ बजेदेखि २०७९ जेठ १ गते राति १२ बजेसम्म ट्रिपर सञ्चालन बन्द रहने जनाएको हो । अन्यको हकमा भने निर्वाचनका दिन बैशाख ३० गते अति आवश्यक सवारी साधन बाहेक अरु सावरी साधन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

एक पटक पढ्नुहोस