After header

मतदानाका लागि घर जानेको भिड

काभ्रे / यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि मतदान गर्न जानेको भिड लागेको छ । काठमाण्डौ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । स्थानीय तह निर्वाचनमा मतदाताले मताधिकार प्रयोगका लागि उपत्यकाका कलंकी, बनेपा लगायतका ठाउँबाट विभिन्न जिल्लामा फर्कने क्रम बढेको हो ।

काभ्रेको वीपी र अरनिको राजमार्ग भएर तथा कलंकीबाट बाहिरिने यात्रुबाहक सानो तथा ठूला सवारीसाधन विभिन्न जिल्लामा फर्कने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी काभ्रेले जनाएको छ । काठमाण्डौका मुख्य नाका कलंकी–नागढुंगा र कोटेश्वर – जडिबुटी सडकखण्डामा आज पनि उस्तै चाप छ ।

यस्तै, लामो दूरीका बस छुट्ने नयाँ बसपार्कमा पनि यात्रुको भिड छ । गाउँ घर जाने तयारीमा रहेकाहरु बिहानै गाडी चढ्ने ठाउँमा पुगेका छन् । तर, उनीहरुलाई गाडी पाउन मुस्किल छ । गाडीको खोजीमा रहेका यात्रुको भिड सडकको छेउसम्मै छ ।
गाडी र यात्रुको चापका कारण कोटेश्वर जडिबुटी सडकखण्डमा आवागमन नै प्रभावित भएको छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् ।

यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् । धेरैजसो गाडी रिजर्भमा जान थालेकाले यात्रुलाई गाडी पाउन समस्या छ ।

उपत्यका बाहिरका पूर्वी जिल्लाहरुसँगै तराइ जोड्ने बनेपा–बर्दिवास विपी राजमार्गमा गाउँ फर्कनेहरुको संख्या बढेका कारण सडकमा सवारी साधनको चाप बढेको हो । मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।

एक पटक पढ्नुहोस