After header

पाचँखाल १३ कोशीदेखामा मतदान स्थगित

पुन मतदान हुने

काभ्रे/काभ्रे जिल्ला पाँचखाल नगरपालिकाको १३ नं वडामा मतदान स्थगित भएको छ । मतदान शुरु भएको केही बेरमै मतपत्र बाड्दा विवाद भएपछि मतदान केन्द्रमा तोडफोड र झै–झगडा भएकाले मतदान हुन सकेन् । पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा आज निर्वाचन हुन नसकेको हो ।

अधिकृतले एमालेको एक व्यक्तिलाई ३–४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरुले विरोध गरेपछि मतदान स्थगित भएको एक मतदाताले बताए । विवाद बढ्दै जाँदा आक्रोशित भिडले मतदानका लागि प्रयोग गरिएको फर्निचर तोडफोड गरेको छ ।
श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको थियो । आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ ।

मतदानस्थल नै तहसनहस बनाइएको छ । पाँचखाल १३ नं वडामा कुल मतदाता १७ सय ७८ मतदाता थिए २ वटा मतदान केन्द्र रहेको विद्यालमा करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो ।आज पाँचखालको निर्वाचन स्थगित गरीएको र यसका लागि कहिले गर्ने भन्ने निर्वाचन आयोगले तोक्ने पाँचखाल निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक पटक पढ्नुहोस