काभ्रे / जिल्लाको भुम्लु गाउँपालिकाको वडा नं १ मतगणनामा गठबन्धका उम्मेदवारहरुको अगाडि रहेका छन् । वडा नं १ को ९ सय ९२ मत गणना हुदाँ गाउँपालिकामा गठबन्धन अगाडि रहेको छ । गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनतर्फका उम्मेदवारले ४ सय ५६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ८० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा पनि गठबन्धनकै अग्रता छ । उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ४ सय ८० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले २ सय ९१ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष पदमा पनि गठबन्धन अग्र स्थानमा छ । गठबन्धनतर्फका उम्मेदवारले ५ सय ५५ मत पाएका छन् भने एमालेका उम्मेदवारले २ सय ९१ मत पाएका छन् ।
