After header

काभ्रेमा कांग्रेसले खाता खोल्यो

धुलिखेल वडा १ मा कांग्रेसका सन्त विजय

काभ्रे/काभ्रेको १३ वटा स्थानिय तह मध्ये धुलिखेल नगरपालिका १ मा नेपाली कांग्रेसले खाता खोलेको छ । धुलिखेल नगरपालिका १ देविटारमा एमालेको गड रहेको वडामा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका सन्त बहादुर लामा विजय भएका छन् ।

कांग्रेस उम्मेदवार सन्तले ५ सय ७३ मत प्राप्त गरे भने एमालेका बाबु तामाङले ४ सय ६७ मत प्राप्त गरेका छन् । एमालेका बाबुलाई १ सय ६ मतले पछाडि पादै सन्तले काग्रेसको तर्फबाट काभ्रेमा खाता खोलेका छन् । कुल १६ सय १ मतदाता रहेकोमा १२ सय ६९ मत खसेको थियो । यसै वडाबाट स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ज्रेवा चिन्हमा ५ सय ७२ मत प्राप्त गरे भने एमालेका अशोक ब्याञ्जुले ४ सय ६७ मत मात्रै प्राप्त गरेका छन् यस वडामा एमालेका ब्याञ्जुलाई स्वतन्त्र उम्मेदवार बस्नेतले १ सय ५ मतले टप गरेका छन् ।

उपमेयरमा यस वडा बाट कांग्रेस उम्मेदवार निराजन जंगमले ५ सय ८७ मत प्राप्त गरेका छन् भने एमालेका लालताराले ४ सय ८२ मत प्राप्त गरेकी छन् । यस भन्दा अगाडि यस वडामा एमालेले जितेको थियो ।

एक पटक पढ्नुहोस