After header

आफ्नै वडामा मेयरलाई लज्जास्पद मत

काभ्रे/नमोबुद्ध नगरपालिकामा एमाले बाट मेयर पदका उम्मेदवार राजन भूर्तेललाई आफ्नो वडाबाट लज्जास्पद मत प्राप्त भएको छ । नमोबुद्ध नगरपालिका वडा नं. ३ भेडाबारीका स्थायी बासिन्दा भूर्तेललाई वडाबाटै कम मत प्राप्त गरेपनि आफ्नै वडामा पनि वडा अध्यक्ष जिताउन सकेनन् ।

नमोबुद्ध वडा नं. ३ कुल १६ सय २२ मत खसेकोमा आफ्नै वडाबाट जम्मा ५ सय ३५ मत मात्रै प्राप्त गरे । तर गठबन्धन तर्फका मेयर कुन्साङ लामाले उनकै वडामा सानदार मत ९ सय १२ मत प्राप्त गरे । वडा अध्यक्षमा काग्रेसका रमेश तिवारीले एमालेका उम्मेदवार रोहिणी प्रसाद अधिकारीलाई ४ सय ४९ बढी प्राप्त गदै वडा अध्यक्ष जितेका छन् ।

एमालेका रोहिणी अधिकारीले ४ सय ९३ मत प्राप्त गरे भने काग्रेसका रमेश तिवारीले ९ सय ४२ मत प्राप्त गरेका थिए ।
आफ्नै वडाले चिन्ह नसकेका मेयरका उम्मेदवार भूर्तेललाई अरु १० वटा वडाले कसरी चिनेर मत दिउ त्यो भने अब हेर्न बाकी छ ।

एक पटक पढ्नुहोस