After header

३५३१ मतगणना हुँदा नमोबुद्धमा कुन्साङ र राजनले कति ल्याए मत ?

काभ्रे/नमोबुद्ध नगरपालिकामा मतगणना जारी रहेको छ । शानिबार ११ बजेबाट शुरु भएको मतगणनामा आज आइतबार सम्म आईपुग्दा गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार कुन्साङ लामा १८ सय ८२.प्राप्त गरेका छन् उहाँ प्रतिद्धन्द्धी एमालेका राजन भुर्तेले १२ सय ७७ मत प्राप्त गरेका छन् ।

नमोबुद्ध नगरपालिकाको वडा नं. १ र २ मा कुल ३५ सय ३१ मत खसेको थियो । एमालेको गड १ र २ मा वडा अध्यक्ष स्वतन्त्र बाट १ मा जितेका छन् भने २ मा काग्रेसले जितेको छ । गठबन्धनका मेयर कुन्साङ लामा २ वडाबाट एमालेका भुर्तेललाई भन्दा ६ सय ५ मतले अग्रस्थानमा रहेका छन् ।

आईतबार साझँ सम्ममा वडा नं. १ मा स्वतन्त्र उम्मेदवार प्रेम लामाले जितेका छन् भने वडा नं. २ नेपाली काग्रेसका तर्फबाट कविराज श्रेष्ठले जितेका छन् ।

एक पटक पढ्नुहोस