After header

पाँचखालामा कडा सुरक्षा बिचमा मतदान शुरु

काभ्रे/यही बैशाख ३० गते रोकिएको काभ्रे जिल्ला पाँचखाला नगरपालिका वडा नं. १३ को मतदान कडा सुरक्षाको बिचमा आज ३ गते मतदान शुरु भएको छ । पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

वैशाख ३० गते विवाद भएपछि रोकिएके निर्वाचन अहिले बिहान ७ बजेबाट सुरु भएको हो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते गर्ने गरी निर्णय भएको थियो । २ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साझँ ५ बजे सम्म रहने निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

 

 

एक पटक पढ्नुहोस