After header

भुम्लुमा गठबन्धनका उम्मेदवार विजय

काभ्रे/काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजय भएका छन् ।
भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ्ग विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का भुजेलले नेकपा एमालेका प्रेम कुमार लामा (दोङ्ग) लाई १ हजार २ सय २४ मतले पराजित गरेका हुन् । भुजेलले ५,७९२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी लामाले ४,५६८ मत प्राप्त गरेका थिए ।

यस्तै, गाउँपालिका उपाध्यक्षतर्फ नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ ( दावा) ले २ हजार ६९ मतले विजयी भएका छन् । तामाङ्गले ६,०९८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कल्पना श्रेष्ठले ४,०२९ मत प्राप्त गरेकी छिन् । भुम्लु गाउँपालिकामा ५ वटा वडा एमालेले जितेको छ भने काग्रेसले ३ वडा, माओवादीले १ र समाजवादीले १ वडा जितेको छ ।

१० वटावडा रहेको गाउँपालिकामा १ मा माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ विजय भएका छन् भने २ मा नेपाली काग्रेस सुजन भण्डारी , भुम्लु ३ मा एमालेका ज्ञानबहादुर तामाङ, भुम्लु ४ मा एमालेका लोकबहादुर कुवँर, भुम्लु ५ मा काग्रेसका अन्चल कुमार लामा, भुम्लु ६ मा एमालेका भरत शिभभक्ति, भुम्लु ७ मा एमालेका रमेश खरेल, भुम्लु, ८ मा समाजवादीका मोतिलाल तामाङ, भम्लु ९ मा काग्रेसका दलबहादुर लामा, भम्लु १० मा एमालेका केशरमान लामा विजय भएका छन् ।

वडा नं. ३, ४, ५, ६, ७, ८, ९ मा पुरानै वडा अध्यक्षले जितेका छन् भने १, २ र १० मा नयाँ अनुहारले जितेका छन् ।काभ्रेमा १३ वटा स्थानिय तह मध्ये पहिलो भुम्लु गाउँपालिकाको नतिजा सार्वजनि भएको छ ।

एक पटक पढ्नुहोस