काभ्रे/काभ्रेमा एक मात्रै महिला वडा अध्यक्ष निर्वाचित भएकी छन् । बनेपा नगरपालिका वडा नं. ८ बाट शुभलक्ष्मी मानन्धर वडा अध्यक्षमा निर्वाचित भएकी छन् ।

यहि बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेपाली काग्रेस बाट वडा नं. ८ उम्मेदवारी दिएकी शुभलक्ष्मीले एमालेका श्यामकाजी मानन्धरलाई पराजित गदै उनले वडा नं. ८ को वडा अध्यक्षमा विजय भएकी छन् । उनले एमालेका श्यामकाजी मानन्धरलाई ३९९ सय मतले पराजित गदै विजय भएकी छनी । कुल २८५२ मत खसेकोमा शुभलक्ष्मीले १४४५ मत प्राप्त गरिन् भने उनका प्रतिद्धन्द्धी श्यामकाजीले १०४६ मत प्राप्त गरेका थिए ।

उनै सगै वडा सदस्य स्वयमकाजी पोट, योगेश्वर कायस्थ, महिला सदस्य कमल शोभा (रंजित) प्रजापती र दलित महिदा सदस्यमा अम्बिका भुसाल (दर्जी ) सबै टिम नै विजय भएको छ ।
