काभ्रे/बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ । काभ्रेमा १३ वटा स्थानिय तहमा १ सय ३५ वडाको मतगणना जारी रहेको छ ।
बैशाख ३१ गते बिहान देखि मतगणना शुरु भएदेखि जेठ ३ गते साझ ६ बजे सम्मको मतगणनामा काभ्रेमा नेपाली कांग्रेसले एक गाउँपालिका उपाध्यक्ष सहित ३१ वडा अध्यक्ष जितेको छ । भुम्लु गाउँपालिकाको उपाध्यक्षमा नेपाली काग्रेसका युवा नेता समाजसेवी जितेन्द्रमान लामा( दावा ) सहित काभ्रेमा ३१ वटा वडा जितेको छ ।
नेपाली कांग्रेसको अहिले सम्म वडाअध्यक्ष जितेको तहहरुमा बनेपा वडा नं. २, ३, ८, ९ धुलिखेल १, ४, ६, ८पनौतीमा वडा नं. १, ५ मण्डनमा वडा नं. २, ३, ६ भुम्लुमा वडा नं. २, ५, ९ चौरीदेउरालीमा वडा नं.१ रोशीमा वडा नं. २, १०, ११, १२ नमोबुद्धमा वडा नं. २, ३, ५, ६ महाभारतमा वडा नं. २, ३ खानीखोलामा वडा नं. २ तेमालमा वडा नं. ३ र बेथानचोकमा वडा नं. १ र ६ वडा अध्यक्षहरु जिेतेको छ ।
एमाले, माओवादी र अन्यले दलले कहाँ कहाँ जिते ?
त्यसै गरी माओवादी केन्द्रले एक गाउँपालिका प्रमुख सहित ११ वटा वडा अध्यक्ष जितेको छ । माओवादीका उम्मेदवार प्रेम भुजेलले भुम्लु गाउँपालिकाको अध्यक्ष सहित काभ्रेमा ११ वटा वडा जितेको छ । माओवादीले भुम्लु वडा नं १, चौरीदेउरालीमा वडा नं. ३, ४, ५ महाभारतमा वडा नं. १, ४ खानीखोलामा वडा नं. १, ३, ४, ५ र तेमालमा २ मा वडाहरु अध्यक्ष जितेको छ ।
भने एमालेले अहिले सम्म २४ वडा अध्यक्ष जितेको छ । जसमा बनेपा वडा नं. १, ४, ५ पनौतीमा वडा नं. १, ५ धुलिखेलमा वडा नं. २, ३, ५ मण्डनमा वडा नं. १, ४, ५ भुम्लुमा वडा नं. ३, ४, ६, ७, १० चौरीदेउरालीमा वडा नं. २ रोशीमा वडा नं. १, ३ नमोबुद्धमा वडा नं. ४ तेमालमा वडा नं. १ मा वडा अध्यक्ष जितेको छ ।
काभ्रेमा समाजवादीले वडा अध्यक्षमा बनेपा ६ र भुम्लु ८ जितेको छ भने राप्रपाले धुलिखेल ७ मा जितेको छ भने काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ मा स्वतन्त्रले वडा अध्यक्ष जितेको छ ।
काभ्रेमा १ सय ३५ वडा मध्ये आज मंगलबार साझ ६ बजे सम्म समाचार तयार पर्दा समेत गर्दा ७० वटा वडा र एक गाउँपालिका प्रमुख उपप्रमुखकोे मतगणना भईसकेको र अब बाकी ६५ वटा वडा सहित २४ जना प्रमुख, उपप्रमुखको नतिजाका लागि मतगणना जारी रहेको मृख्या निर्वाचन कार्यालयले जनाएको छ ।