काभ्रे/बनेपा नगरपालिकामा नगर प्रमुखमा कांग्रेसको प्रमुख र उपप्रमुखमा एमालेको विजयी भएका छन् । नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति शाक्य बिजयी भएका छन् । उनी १३ हजार ७ सय ९३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गरेका हुन् ।
काग्रेसका शाक्यले एमालेका रंजितकारलाई १९ सय ५८ बढी मतले पराजित गदै नगर प्रमुख जितेका छन् ।
उप प्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयी भएकी हुन् । दाहालले ११ हजार ९ सय ९२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रघुवर चौ प्रधानलाई १४ सय ७७ मतले पराजित गरेकी हुन् । प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गरेका छन् ।
बनेपा नगरपालिकामा १४ वटा वडा रहेकोमा काग्रेसले ६ वटा वडा जितेको छ भने नेकपा एमालेले ७ वटा वडा र एउटा वडा समाजवादीले जितेको छ । बनेपा वडा नं. १ मा एमालेका कमल प्रसाद घिमिरे, २ नेपाली काग्रेसका रामप्रसाद घिमिरिे, ३ मा काग्रेसका रमेश दाहाल, ४ मा एमालेका श्यामसुन्दर श्रेष्ठ, ५ मा एमालेका बलराम अधिकारी, ६ समाजवादीका सचितानन्द केसी, ७ मा काग्रेसका हिटलर शाक्य, ८ काग्रेसका शुभलक्ष्मी मानन्धर, ९ काग्रेसका नृपेश वादे, १० मा एमालेका चन्द्रबहादुर खड्का, ११ मा एमालेका शिवकुमार थापा, १२ मा एमालेका रामबहादुर कुंवर, १३ मा एमालेका रामलाल दुवाल र १४ मा काग्रेसका टुल्कु लामा वडा अध्यक्ष जितेका छन् ।
