काभ्रे/ काभ्रे जिल्लामा पहिलो महिला नेतृ चयन भएकी छन् । गठबन्धनबाट उम्मेदवार भएकी चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी उम्मदेवार रेणुका चौँलागाई निर्वाचित भएकी छिन् । उनी जिल्लाकै पहिलो महिला पालिका अध्यक्ष बनेकी हुन् ।
रेणुकाले उनका प्रतिद्वन्दी एमालेका जित राम लामालाई ७ सय ६५ मतले हराएकी हुन् । रेणुका ६ हजार २ सय २८ मत प्राप्त गरेर निर्वाचित भएकी छिन भने उनका प्रतिद्धन्दी एमालेका जित राम लामाले ५ हजार ४ सय ६३ मत पाएका छन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसको उम्मेदवार शेर बहादुर लामा निर्वाचित भएका छन् । लामा भारी मतले बिजयी भएका हुन् । लामाले उनका प्रतिद्वन्दी एमालेकी बविता खरेल गौतमलाई ३ हजार ६ सय ७० मतले हराएका हुन् । लामाले ७ हजार २ सय १९ मत पाएका छन् भने उनको प्रतिद्धन्दी नेकपा एमालेकी बविता खरेल गौतमले ३ हजार ५ सय ४९ मत पाएकी छिन् ।
चौरीदेउराली गाँउपालिकाकोमा ९ वटा वडा रहेकोमा माओवादीले ५ वटा, काग्रेसले ३ र एमाले १ वडा जितेको छ । जस मध्ये चौरीदेउरालीमा वडा नं. १ मा नेपाली काँग्रेस सुशिल लामा, वडा नं २ मा एमालेका छत्रबहादुर प्रधान, वडा नं ३ मा माओवादीका चित्र चौलागाई, वडा नं ४ मा माओवादीका राम प्रसाद चौलागाईं, वडा नं ५ मा माओवादीका कृष्ण प्रसाद गौतम, वडा नं ६ मा काग्रेसका किशोर राज गिरि, वडा नं ७ मा काग्रेसका चन्द्र राज लामा, वडा नं ८ मा माओवादीका धन बहादुर तामाङ र वडा नं ९ मा माओवादीका राम बहादुर लामा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
