नमोबुद्ध/काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित काँक्रेमा स्कुल बस दुर्घटना हुदाँ बस चालक गम्भीर घाईते भएका छन् । नबप्रतिभा बोडिङ स्कुलको बस बा २ ख ६७४३ नम्बरको बस विद्यार्थी पु¥याए फर्किने क्रममा काँक्रे जानेबाटोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
सो घटनामा चालक अर्जुन अधिकारी अबस्था गम्भीर रहेको र उनलाई उपचारका लागि बनेपा शिर मोमोरियल अस्पताल ल्याईको जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।
