After header

नमोबुद्ध कांग्रेसको कार्यवाहक सभापति इन्द्र दाहाल

भकुण्डे/नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिको कार्यवाहक सभापति इन्द्र बहादुर दाहाललाई दिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट नेपाली काग्रेस नमोबुद्ध नगरपालिकाको सभापतिमा कुनसाङ लामा सर्वसम्मत सभापति चयन भएका थिए ।

हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा नमोबुद्ध नगरपालिकाको नगर प्रमुखमा कुनसाङ लामा निर्वाचित भएसगै नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका कार्यवाहक सभापतिको जिम्मा लामाले वर्तमान उपसभापति समेत रहेका इन्द्र बहादुर दाहाललाई मंगलबार कार्यवाहक सभापति दिएका हुन् । आफू अब पार्टीको भन्दा पनि जनताको मतबाट निर्वाचित जनप्रतिनिधि भएकाले म सबै नगरबासीको साझा ब्यक्ति हो ।

अब महिले यस नगरका सबै आम जनताको साझा भई काम गर्ने छु । म हिजो सम्म नेपाली कांग्रेसको नमोबुद्ध नगरपालिकाको सभापतिको हौसियतमा काम गदै आएको थिई । आजबाट यस नमोबुद्ध नगरबासी जनताको सेवक रहेर काम गर्ने छु लामाले भने । अब म पार्टीको काम भन्दा पनि आम नगर बासी जनताको सेवामा रहने गरी महिले नेपाली कांग्रेस नमोबुद्ध नगर सभापतिको पदबाट हटि उपसभापति समेत रहेका यस नगरका इन्द्र बहादुर दाहाललाई कार्यवाहक सभापतिको जिम्मा दिएको लामा बताए ।

नेपाली काग्रेस नमोबुद्ध नगरपालिका कार्यवाहक सभापति इन्द्र बहादुर दाहालले आफूले पाएको जिम्मेवारी यस नगरका लागि सधैव काग्रेसको हकहितका लागि लागि परिरहने बताए । सभापति ज्यु नगर प्रमुख हुनुभयो, उहाले बनाएको संगठनलाई निरन्तर दिदै यस नगरमा सबै कार्यसमिति मिलेर भोलिका दिन अझै नमोबुद्धमा कांग्रेस बलियो बनाउने तिर आफ्नो टिम लाग्ने कार्यवाहक सभापति दाहालले बताए ।

एक पटक पढ्नुहोस