After header

स्वरुप राज आचार्यको सन्देशमुलक गीत ’खोजी हिडे’ बजारमा

काठमाडौ/लोकप्रिय गायक स्वरुप राज आचार्यको स्वरमा सन्देमूलक नयाँ गीत बजारमा आएको छ । पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो ’खोजी हिडे’ बजारमा आएको छ ।
अहिलेको परिस्थित अनुसार आफूले गीतको रचना गरेको गीतकार भामा देवकोटा शर्माको बताईन्् । स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत ’खोजी हिडे’ को भिडियो सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भामा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् । आफ्नो कार्य क्षेत्र अमेरिका नै भएपनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ ।

भिडियोमा डा.प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेमनाथ खनालले समेत अभिनय गरेका छन् । भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन । सापकोटाले झन्डै ३ सय हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युटुब च्यानाल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई छोटो समयमा नै धेरैले रुचाएका छन् ।

एक पटक पढ्नुहोस