After header

जापानको १४ शहरमा कबड्डी–४ प्रदर्शन हुने

काठमाडौंं/नेपाली कथानक चलचित्र कबड्डी–४ भोलि अर्थात शुक्रबार देखि नेपालभर प्रदर्शन हुन लागेको छ । नेपाल सगै यस पटक नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक विदेशमा पनि धेरै ठाउँमा रिलिज हुने भएको छ ।

यो पटक कबड्डी– ४ जापानका विभिन्न १४ शहरमा प्रदर्शन हुन लागेको छ । कुनै पनि नेपाली चलचित्र जापानमा यती धेरै ठाउँमा प्रदर्शन हुन लागेको यो पहिलो रेकर्ड हो । जापानका लागि प्रदर्शन अधिकार लिएका सुभास लामिछानेका अनुसार सिनेमा प्रदर्शनका लागि जापानका अझै धेरै ठाउँबाट कुरा आइरहेको बताउँछन् । अहिले हामीले जुन ३ देखि १४ वटा शहरमा मात्रै प्रदर्शन गर्न लागेका छौं ।

अन्तपनि कुरा आईरहेकाले फेरी अन्य ठाउँमा पनि हामी कबड्डी–४ रिलिज गर्ने छौं उनले भने ।अहिले हामीले जापानमा यो चलचित्र जुन ३ मा कोबे भन्ने शहरमा प्रदर्शन हुदै छ भने जुन ४ मा फुकोवाकामा गर्न लागेको उनले बताए । यस्तै जुन ५ मा भने टोक्यो, किताकेउसु, नागोया ,फुस्सा, सिजुवका र तोछिगी शहरमा प्रदर्शन गर्न लागेको लामिछानेले जानकारी दिए ।

यस्तै जुन ६ मा ओसाका ,जुन ७ मा योकैछी ,जुन १९ मा गुम्बा ,जुन २५ मा चिबा,जुन १० मा तोसु र जुन १२ मा ओइता भन्ने ठाउमा प्रदर्शन हुने जानकारी सुबाश लामिछानेले दिएका छन् । कोभिड़का कारण जापानमा कुनै पनि नेपाली कार्यक्रम हुन सकेका थिएनन् । जसले गर्दा करिब ३ वर्ष पछि हुन लागेको कबड्डी– ४को प्रदर्शनले नेपाली चलचित्रको जापान प्रदर्शनको ढोका खुलेको उनले बताए । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाह्यंग राइ ,सौगात मल्ल ,मिरुना मगर ,बुद्धि तामांङ ,विजय बराल लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

एक पटक पढ्नुहोस