After header

पनौतीमा चौधरी ग्रुपको दादागिरी

नक्शा पास नै नगरि पनौती भिलेजको निर्माण

नक्सापास नगरि फटाफट घर निर्माण गरि प्रति घर १ करोड ७५ लाख रुपैयामा विक्र खुल्ला गरेको चौधरी ग्रुपले नक्सापासको लागि वडा कार्यालयलाई दबाब दिन थालेको छ ।

काभ्रे/ पनौतीमा ठुला घरानाका कम्पनीलाई नक्शा पास नै नगरि आवास निर्माण गर्न छुट दिएको रहस्य खुलेको छ । काभ्रेको पनौती नगरपालिका– ९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरि सामुहिक आवास निर्माणको काम गरिरहेको छ ।
खोपासिको कित्ता नं ५९४ सहित २१ वटा कित्तामा सिजी प्रोपर्टीज प्रालिको दोस्रो फेजको सामुहिक आवास निर्माण गर्न पनौती नगरको जग्गा विकास समितिले २०७७ माघ २३ गते स्वीकृती दिएको थियो । नेशनल होल्डीङ्ग प्रालिको नाममा रहेको जग्गामा अहिले धमाधम घरहरु निर्माण भैरहेको छ।

सिजि प्रोपर्टीज प्रालिले विभिन्न कम्पनीको नाममा यहा घरजग्गाको कारोबार गरिरहेको छ । यहाँ धेरै घर बनिसकेको भएपनि अहिले वडा कार्यालयमा एउटा घरको नक्शा पास गर्न निवेदन परेको छ । वडा कार्यालयमा नक्सा पासको लागि दिएको कागजातमा सुयोन्स होल्डीङ्ग प्रालिको पनि नाम छ ।

यहाँ १ सय १७ रोपनी क्षेत्रफलमा २ सय २० वटा घर निर्माण हुदैछ भन्दै सुरक्षा गार्ड दिल्ली वहादुर भण्डारी भन्नुहुन्छ– सबै एकैनासको साढे दुईतल्ले घर निर्माण हुने यहा अहिले ६० भन्दा बढी घरको जग हालिसकेको छ । २० वटा घरको गारो लगाउने काम सकिएको छ भने ९ वटा घरको प्लाष्टर समेत सकिएको सुरक्षा गार्ड भण्डारी बताउनु हुन्छ । २०५८ सालमा जग्गा खरिद गरेको २०६५ सालमा जग्गामा तारबार लगाएको र गत श्रावण देखि निर्माण कार्य शुरु गरिएको स्थानिय बासिहरुको भनाई छ ।

नक्शा पास नगरि घर निर्माण गर्न नपाइने भएपनि खोपासिमा ठुला घराना संलग्न भएको कम्पनीले धमाधम घर निर्माण गरिरहेको छ भन्दै पनौती ९ का वडाध्यक्ष सहकुल हुमागाई भन्नुहुन्छ– नक्शा पासको लागी पहिला फाइल वडामा आउनु पर्ने हो अहिले सम्म आएको छ । यहाँ धेरै घरहरु बनिसकेको देखिएपनि वैशाख २१ गते कित्ता नं ५९२ र ५९३ को चार आना एकपैशा क्षत्रफलमा घर निर्माणको लागि नक्सा पास गर्न एउटामात्र निवेदन आएको वडाध्यक्ष हुमागाई बताउनुहुन्छ ।

सर्वसाधारणले घर निर्माण गर्नुपुर्व सबै प्रक्रिया पु¥याएर नक्सा पास गर्नु पर्ने भएपनि खोपासिमा निर्माण भैरहेको सामुहकि आवास योजना अन्तर्गत कुनैपनि नकसा पास भएको आफुलाई थाहा नभएको उहाँको भनाई छ । अहिले नक्सा पासको लागि आएको निवेदन पनि घर बनाउन शुरु गर्नु पुर्व ल्याइएको हो वा घर बनिसकेपछि नक्शा पास गर्न निवेदन ल्याइएको हो बुभ्mन बाकी रहेको वडा अध्यक्ष हुमागाई बताउनु हुन्छ ।

नेपालको ठुलो व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको यो आवास योजनामा पनौती नगरपालिकाले नक्सा पास नभै घर निर्माण गर्न दिनु हुने भन्दै स्थानियबासि रामकृष्ण भण्डारी भन्नुहुन्छ– यो कम्पनीलाई नगरपालिकाले पानिको लागि डिप बोरिङ्ग गर्न दिने सहमति गरेको कुरा समेत बाहिर आएको भन्दै स्थानीयबासिहरुले यो सहमतिबारे नगरपालिकासंग जानकारी मागिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नक्सापास नगराई कसैले पनि घर निर्माण गर्न नपाइने व्यवस्था छ । यसमा यो ऐन प्रारम्भ हुनु अघि मापदण्ड पुरा गरि बनेका घरहरुको सबै प्रक्रिया पुरा गरि तेब्बर दस्तुर लिएर नक्सा नक्सा पास गर्न सकिने भएपनि अपार्टमेन्ट, हाउजिङ्ग, होटल तथा अन्य व्यवसायीक भवनहरुमा यो कानुन लागु नहुने उल्लेख छ । नक्शा पास नै नगरि घर निर्माण गरेको कम्पनीले विक्रिको लागि बुकिङ खुल्ला गरेको छ । एउटा घरको मुल्य १ करोड ७५ लाख भन्दा माथि रहेको स्थानीयबासिको भनाई छ ।

एक पटक पढ्नुहोस