After header

५५ लाख सहयोग सहित वडा अध्यक्षले गरे पदभार

काभ्रे / सुन्दा अचम्म लाग्न सक्छ, कसैले नपताउने सम्भावना पनि हुन सक्छ तर यो सत्य हो । नमोबुद्ध नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्षले आफूले पदभार गरेका दिन ५५ लाख बराबरको सहयोग सहित पदभार गरेका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडाध्यक्ष कविराज श्रेष्ठले पदबहाली गरेका दिन ३० लाख नगद र २५ लाख मूल्यकन पर्ने एकथान डोजर वडालाई हस्तान्तरण गरेका छन् । बिहिबार पदभार गदै गर्दा श्रेष्ठले ३० लाख नगद सहयोग गरेको रकम समिति बनाएर उक्त रकम विकासका काममा प्रयोजन गर्ने भनी उक्त रकम आफूले वडा कार्यालयमा पदभार गरेको दिन सहयोग गरेको बताए । यस रकमलाई छुटै वडा बाट समिति बनाए कहा कहा आवश्यक पर्छ त्यहा खर्च गरिने उनले बताए ।

स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी फजुल खर्च नगर्ने बरु वडामा त्यो पैसा हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार रकम र विकास निर्माणमा सहयोगी बनोस् भनेर डोजर हस्तान्तरण गरेको उनले जानकारी दिए ।

लामो समयदेखि समाजसेवामा सक्रिय श्रेष्ठले आफूले निर्वाचन जितेपछि वडा नं. २ का लागि खानेपानी, मोटरबाटो र शिक्षामालाई प्राथमिकता दिएर अगाडि बढ्ने चुनावी नारालाई अब भोलिका दिनमा आफ्नो प्रतिवद्धता पुरा गर्ने समेत बताए । वडामा ४ वटा सामुदायिक विद्यालय रहेकोमा यस विद्यालयबाट प्रदान गर्ने शिक्षा अबका दिनमा निजी विद्यालय सरह नै जाने उनले बताए ।
आफूले यस भन्दा अगाडि पनि शिक्षा र खानेपानीमा जोड दिएकाले अब निर्वाचित वडा अध्यक्ष भईसकेकाले अब यस वडाबाट पाउने सेवा सुविधा समेत दिन दुखीका लागि सहयोग गर्ने बताए ।

यस वडामा खानेपानी, शिक्षा, स्वास्थ्य र वेरोजगारीको समस्या रहेकाले भालिका दिनमा यस कामको पूर्ण रुपमा समधान तिर आफू लाग्ने बताए । आफू सग पैसा भएर मात्रै सहयोग होइन तर यस वडाको विकासका लागि केही गरौ भन्ने उदेश्यले अबको ५ वर्षमा समाजसेवा र वडाको विकासका लागि आफू निरन्तर लाग्ने श्रेष्ठले मिडिया दर्पणलाई जानकारी दिए ।

एक पटक पढ्नुहोस