धुलिखेल/ सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो÷तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा काभ्रेको धुलिखेल बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ रहेका छन् । अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले आरोपमा विकेशलाई धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरेको प्रहरी जनाएको छ ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले टोलिले सोजुँ पक्राउ गरेको हो । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
