ज्ञानकुञ्ज दोस्रो रोड रेसको प्रथम पुरस्कार भक्तपुरलाई

बनेपा/ काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९ आज सम्पन्न भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आयोजना गरेको दोश्रो ज्ञानकुञ्ज रोडरेसको उपाधी भक्तपुरका वागेश्वरी मावि भक्तपुरका चेतन शाही प्रथम सहित उनले २० हजार नगद पुरस्कार जितेका छन् ।

त्यस्तै आजाद मावि पाँचखालका प्रभाकर श्रेष्ठ दोश्रो र सेतीदेवि मावि धुलिखेलका रुपेश बजगाईले तेश्रो स्थान हासिल गरे । उनीहरुले १० हजार र ५ हजार नगद पुरस्कार जितेका छन् ।

छात्रा तर्फ जेसीस मावि भक्तपुरका रिस्तिना सितीखु प्रथम, विद्यासागर मावि बनेपाका ओसिनी क्षेत्री दोश्रो र ज्ञानोदय माविका सुस्मिता तामाङले तेश्रो स्थान प्राप्त गरे । उनीहरुलाई जनही २० हजार, १० हजार र ५ हजार रुपियाँ नगद सहित पुरस्कार पाए । सबैलाई प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले पुरस्कार वितरण गरे ।

संस्थाका अध्यक्ष सुरकृष्ण वैद्यले विगतदेखि नै शैक्षिक गतिविधिसंगै सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सांस्कृतिक, धार्मिक, साहित्य खेलकुद तथा समाजलाई प्रत्यक्ष सरोकार राख्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

एसईई पछि विद्यार्थीलाई सुमार्गमा समेट्ने उदेश्यले विगतको जस्तै रोडरेस कार्यक्रम संचालन गरेको वैद्यको भनाई थियो । ‘हामीलाई विश्वास छ, खेलकुदले अनुशासन सिकाउँछ, अनुशाासनले जीवन जिउने कला सिकाउँछ’ उनले भने ।

खेलकुद समग्र विकासको अभिन्न पाटो भएकाले नेपालमै पहिलो पटक एसईई परीक्षा दिएर बसेका विद्यार्थीबीच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले दोस्रो ज्ञानकुन्ज रोडरेस–२०७९ आयोजना गरेको प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताव वैद्याले जानकारी दिए ।

विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नु र एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि दोस्रो ज्ञानकुञ्ज रोडरेसको आयोजना गरेको वैद्यले भनाई थियो ।

छात्राहरुको रोडरेस ३ किलोमिटरको थियो भने छात्रको ६ दशमलब ५ किलोमिटरको भएको थियो । विजयीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्य, सञ्चालक आत्माराम थापा, प्रबन्ध निर्देशक प्रताप बैद्य लगायले पुरस्कार वितरण गरेका थिए ।

रोडरेसमा छात्रा÷छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोडरेस ३ किलोमिटरको थियो भने छात्रको ६ दशमलब ५ किलोमिटरको भएको थियो ।

एक पटक पढ्नुहोस